युएनएफपिएको नयाँ प्रतिनिधिमा योङ्ग होङ्ग

‘तीन शून्य’ को परिणाम हासिल गर्ने सङ्कल्प

‘तीन शून्य’ को परिणाम हासिल गर्ने सङ्कल्प

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)को नेपाल कार्यालयकी प्रतिनिधि योङ्ग होङ्गले दिगो विकासका लक्ष्य तथा आईसीपीडीको केन्द्रमा रहेको ‘तीन शून्य’को परिणाम हासिल गर्ने सङ्कल्प व्यक्त गरेकी छन्।
यूएनएफपिएले रूपान्तरणकारी ‘तीन शून्य’को उपलब्धि हासिल गर्न परिवार नियोजनका साधनहरूको पुरा हुन नसकेका (अपरिपूर्त) माग, रोक्न सकिने मातृ मृत्युको अवस्था, लैङ्गिक हिंसा र बालविवाह जस्ता हानिकारक अभ्यासहरू शून्यमा झार्ने विश्वब्यापीरुपमा महत्त्वाकाङ्क्षी लक्ष्य तय गरेको होङ्गले बताइन।
‘यी लक्ष्य नेपालका लागि हाम्रो प्राथमिकता हुन्। नेपालमा हामी यी लक्ष्यहरूप्रति दृढतापूर्वक प्रतिबद्ध छौँ,’उनले भनिन्,‘महिला तथा किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र समाजमा सक्रिय भूमिका निर्वाह गर्न हानी नोक्सानी रहितको जीवन बाँच्ने अधिकार सुनिश्चित गर्न हामी काम गर्नेछौँ।’
नेपाल सरकारसँगको साझेदारीलाई निरन्तरता दिन तत्पर रहेको नेपाल प्रतिनिधि होङ्गले बताइन। होङ्गले यूएनएफपिएको म्यान्डेटप्रति नेपालको बलियो समर्थन र सन् २०१९ मा आयोजित नैरोबी ग्लोबल समिटमा जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आइसीपीडीको भिजनप्रति नेपाल सरकारले दोहोर्‍याएर व्यक्त गरेको प्रतिबद्धताको प्रशंसा समेत गरेकी युएनएफपीएले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

उनले देशमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने प्रतिबद्धता पनि जनाएका छन्। युएनएफीएको नेपाल कार्यालयका अनुसार परराष्ट्र मन्त्रालयद्वारा आयोजित ओहोदाको प्रमाणपत्र ग्रहण कार्यक्रममा परराष्ट्र मन्त्री खड्का र होङ्गले नेपाल सरकार र यूएनएफपिएवीच ५० वर्षदेखि स्थापित सम्बन्धको महत्त्वबारे चर्चा गरे।
महामारी तथा युद्धका कारण सबैभन्दा धेरै प्रभावित भएका महिला तथा किशोरीहरूलाई राष्ट्रिय विकासमा पूर्णतः सहभागी गराउन सशक्तीकरणका लागि बलियो साझेदारीमा मन्त्री खड्का र प्रतिनिधि होङ्गले जोड दिए।
परराष्ट्र मन्त्री खड्काले कोभिड १९ को महामारी र जारी युद्धले विश्वब्यापीरुपमा असमानता र गरिबीलाई बढाइदिएको बताए। ‘यसले सबै नागरिकहरू, विशेष गरी महिला तथा किशोरीहरू लगायत जोखिममा परेका समूहहरूको गुणस्तरीय सेवामा पहुँच बढाउन यूएनएफपिए जस्ता साझेदार संस्थाहरूसँगको रणनैतिक समन्वय र सहकार्यको आवश्यकता औँल्याएको छ’मन्त्री खड्काले भने।
होङ्गले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन्। अन्तर्राष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ्ग दक्षिण कोरियाकी नागरिक हुन्। नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नु अघि उनी मलावीको यूएनएफपिए प्रतिनिधि र त्यसअघि मोजाम्वीकमा डेपुटी प्रतिनिधि थिइन।
यो समाचार प्रथम पटक सच्याइएको छ।
सम्पादक

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading