चाडबाड लक्षित टेलिकमको अफर

चाडबाड लक्षित टेलिकमको अफर

490
SHARES

काठमाडौँ : नेपाल टेलिकमले चाडबाड लक्षित अफर ल्याएको छ। तिहार, छठ र म्हपूजाको अवसरमा विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको टेलिकमले जनाएको छ।
यो अफर कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। डेटा प्याक अन्तर्गत २९४ रुपैयाँमा दस दिनभित्र प्रयोग गर्न सकिने २० जिबी डेटा उपलब्ध हुनेछ। त्यस्तै ९८ रुपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने ६ जिबी डेटा पनि उपलब्ध हुने टेलिकमले जनाएको छ।
एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपिएस डेटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ।
टेलिकमले थाल्यो निःशुल्क ई-सिम वितरण
टेलिकमका अनुसार यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिने छ। अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसका रूपमा डेटा प्याक उपलब्ध गराइने छ।
२०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डेटा प्याक उपलब्ध हुनेछ।
पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
टेलिकमका यी अफर लिन ग्राहकले *१४१५# डायल गर्नुपर्छ। ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्
490
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.