निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चुनाव

चुनावमा अन्तर्घात गर्नेको विवरण पुस १५ भित्र बुझाउन काँग्रेसको निर्देशन

चुनावमा अन्तर्घात गर्नेको विवरण पुस १५ भित्र बुझाउन काँग्रेसको निर्देशन

510
SHARES

काठमाडौं : नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेलाई विधान अनुसार कारबाही गर्ने जनाएको छ। पार्टी र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेहरू कारबाहीमा पर्ने काँग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ।

जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिइएको समितिका सचिव प्रेम केसीले जानकारी दिए।

जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित केन्द्रीय अनुशासन समितिमा पठाउनु पर्नेछ। चुनावमा अन्तर्घात गरी असहयोग गर्नेहरूको उजुरीमा निर्णय गरेर पुस १५ गते भित्र केन्द्रीय अनुशासन समितिमा पठाइसक्न निर्देशन दिइएको सचिव केसीले बताए।

काँग्रेसमा पुरानै रोग-अन्तर्घात

उनले अन्तर्घात गरेको प्रमाणका आधारमा प्राप्त उजुरीलाई केन्द्रीय अनुशासन समितिको बैठकले निर्णय गर्ने बताए। ‘अन्तर्घात गर्नेहरूलाई पार्टीले कारबाही गर्छ,’सचिव केसीले पहिचानसँग भने,‘त्यो कारबाही पार्टीको विधान अनुसार हुनेछ।’

गठबन्धन गरेर चुनावमा होमिएको काँग्रेसले प्रत्यक्षमा ५७ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ। समानुपातिक तर्फ काँग्रेसले २०७४ को भन्दा कम मत पाएको छ। गठबन्धनभित्र काँग्रेस नेता कार्यकर्ताको असहयोगका कारण चुनावमा पराजित भएको गुनासो आएपछि अनुशासन समितिले कारबाहीका लागि विवरण माग गरेको हो।

बागी कारबाहीमा काँग्रेसको एक्सन, पाँच वर्ष सदस्यता खारेज

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनबिनै ‘गठबन्धन सरकार’

समाचार शेयर गर्नुहोस्
510
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.