आधारभूत तहका विद्यार्थीबिच तारकेश्वरमा समाचार वाचन प्रतियोगिता

आधारभूत तहका विद्यार्थीबिच तारकेश्वरमा समाचार वाचन प्रतियोगिता

944
SHARES

काठमाडौं : नेपाली भाषामा अब्बल बनाउन तारकेश्वरको काभ्रेस्थलीमा रहेको ग्रिन हिल्स एकेडेमीमा नेपाली समाचार वाचन प्रतियोगिता भएको छ। आधारभूत तहको अन्तरविद्यालय प्रतियोगिता नेशनल प्याब्सन तारकेश्वर नगर समितिले गरेको हो।

प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा ८ मा अध्ययनरत कृश्मदा भट्ट पहिलो भएकी छन्। ज्ञानभुमी हाइस्कुलमा अध्ययनरत भट्टले पहिलो उपाधि पाएकी हुन्।

प्रतियोगितामा रमाइलो पाठशालाका उज्ज्वल अधिकारी दोस्रो भएका छन्। प्रतियोगितामा मेगा पब्लिक स्कुलकी कृशला प्याकुरेल तेस्रो भएकी छन्। पिस ल्यान्ड स्कुलकी सुजिता कार्कीले समाचार वाचन प्रतियोगितामा सान्त्वना पुरस्कार पाएकी छन्।

तारकेश्वर नगरपालिकामा रहेका ९ वटा विद्यालयका १८ जना विद्यार्थीले समाचार वाचन प्रतियोगितामा सहभागिता जनाएका थिए।


विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर क्षमता अभिवृद्धि गर्न समाचार वाचन प्रतियोगिता गरिएको ग्रिन हिल्स एकेडेमीका चेयरमेन अफ स्कुल कमिटी एवं प्याब्सनका बोर्ड मेम्बर कृष्ण श्रेष्ठले जानकारी दिए।

तारकेश्वर नगर शिक्षा प्रमुख पदमबहादुर खत्री, एन प्याब्सन तारकेश्वरका अध्यक्ष गोविन्द भट्टले सहितका अतिथिले कक्षा ६, ७ र ८ का विद्यार्थीबिच गरिएको समाचार वाचन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाउने विद्यार्थीलाई ट्रफी प्रदान गरे।

समाचार वाचन प्रतियोगिताको निर्णायकमा पहिचान डटकमका सम्पादक एवं रेडियो थाहा सञ्चारका माधव दुलाल थिए।

समाचार शेयर गर्नुहोस्
944
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.