पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : तत्कालीन अञ्चलाधीशको योजना कार्यान्वयन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : तत्कालीन अञ्चलाधीशको योजना कार्यान्वयन

कास्की : अन्तर्राष्ट्रिय विमानस्थल माग गरेको ४७ वर्षपछि पोखरेलीहरूको सपना पुरा भएको छ। खुसीयालीमा पोखरेलीहरू हौसिएका छन्। २०३२ सालमा तत्कालीन अञ्चलाधीश शङ्करराज पाठकको पालामा सुरु भएको योजना बल्ल सम्पन्न भएको छ।

पोखरा पर्यटकीय नगरी हो। पोखरेलीहरूले आशा गर्ने भनेकै बढीभन्दा पर्यटक नै हुन। प्रधानमन्त्री, उपप्रधानमन्त्रीदेखि पोखराका पर्यटन व्यवसायीहरू विदेशी पर्यटकको ओइरो लाग्ने सपना सुनाउन थालेका छन्। २०३२ सालमा बनेको योजना २०७९ मा सम्पन्न भएको छ। यसले पोखरेलीहरूको प्वाँख बढेको विमानस्थल निर्माणका अभियन्ता विश्वशंकर पालिकाले बताए।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भव्य उद्घाटनमा नागरिक उड्डयन प्राधिकरणले सहभागी नगराएकोमा भने पोखरेलीहरूको चित्त दुखाइ छ। विमानस्थल निर्माणका अभियन्ता एवं पोखराका पर्यटन व्यवसायी पालिखेले केन्द्रको ध्यान विशेष उत्सव मनाउने तर्फ नगएको बताए।

‘पोखराको हवाई मार्गबाट हिजो काठमाडौं र नेपाल राज्यभर मात्रै जान सक्थ्यौ भने अब निकट भविष्यमा पोखराको आकाशबाट अन्तर्राष्ट्रिय हवाई मार्गसम्म जाने सक्ने भएकाले हाम्रो प्वाँख अलि बढ्या जस्तो धेरै आकाशमा उड्न सकुँला जस्तो लाग्या छ’पालिखेले भने,‘यसमा हामीलाई पनि सहभागी गराएको भए आजको दिनलाई विशेष महोत्सवको रूपमा घरघरमा दियो जलाउनुपर्छ भन्थ्यौ होला। तर केन्द्रबाट आएकाहरूको यतातिर ध्यान नपुगेको भन्ने लाग्छ।’

गैरजिम्मेवार नियमनकारी निकायका कारण सधैँ सङ्कटमा, ऋणमाथि ऋणको भार

क्षेत्रीय विमानस्थल रहेको पोखराको विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलमा नामाकरण भएको छ। काठमाडौं र भैरहवापछि पोखरा नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। सञ्चालनमा आए पनि भैरहवा विमानस्थलले अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु पाउन सकेको छैन।

पर्यटकीय नगरी पोखरामा भने पर्यटकको ओइरो नै लाग्ने उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल बताउँछन्। ‘यहाँबाट संसारका विभिन्न मुलुकमा सिधा हवाई उडान सम्भव होस,’विमानस्थल उद्घाटन कार्यक्रममा उनले भने,‘संसारका विभिन्न भागहरूबाट सुन्दर नगरी पोखरा र यस आसपासका पर्यटकीय स्थलहरूको अवलोकन गर्न पर्यटकहरूको ओइरो लागोस्।’

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विमानस्थल उद्घाटन गरे। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने दिन भने अझै निश्चित भएको छैन। विमानस्थल सञ्चालनमा आए लगत्तै यसले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने निश्चित रहेको प्रधानमन्त्री प्रचण्डले सुनाए। ‘अब पोखरा सिधै धेरै राष्ट्रसँग सम्पर्क गर्ने केन्द्र बनेको छ,’उनले भने,‘यसले कास्की, गण्डकी प्रदेश र नेपालकै पनि अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्ने सुनिश्चित नै छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading