आयु क्लिनिक : जेष्ठ नागरिक र अपांगता भएकालाई छुट

आयु क्लिनिक : जेष्ठ नागरिक र अपांगता भएकालाई छुट

553
SHARES

काठमाडौं : भक्तपुरको गट्ठाघरस्थित आयु सुपरस्पेशियालिटी क्लिनिकले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको उपचारमा २५ प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको छ। ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकले उपचारमा २५ प्रतिशत छुट पाउने क्लिनिकले जनाएको छ।

माघ १२ गते बिहीबार श्रीपञ्चमीको दिनबाट शुभारम्भ हुने आयु क्लिनिकमा २० वटा विभाग अन्तरगत विशेषज्ञ डाक्टर, गुणस्तरीय ल्याबसहितको सेवा दिने उद्देश्य रहेको क्लिनिकले निकालेको विज्ञप्तिमा लेखिएको छ।

भक्तपुर जिल्ला र यस पूर्वका जिल्लाका सर्वसाधारणको स्वास्थ्य उपचार सेवालाई सहज, सरल र गुणस्तरीय बनाउन आयु क्लिनिक सञ्चालनमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ।

क्लिनिकको आजीवन सदस्यता कार्ड लिनेलाई अन्य छुट सुविधा प्रदान गर्ने जनाएको छ।

समाचार शेयर गर्नुहोस्
553
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.