"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

६ महिनामा चामल र मकै आयातमा २५ अर्ब बाहिरियो

६ महिनामा चामल र मकै आयातमा २५ अर्ब बाहिरियो

889
SHARES

काठमाडौं : नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा ८ लाख ६७ हजार मेट्रिक टन चामल आयात भएको छ। आवश्यकता ४० लाख ४८ हजार रहे पनि आन्तरिक उत्पादन ३१ लाख ८० हजार मेट्रिक टन मात्रै रहेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

धान/चामल आयातमा मात्रै १८ अर्ब ६३ करोड रुपैयाँ बाहिरिएको छ। मकै आयातमा ६ अर्ब ६० करोड, गहुँ आयातमा ६६ करोड रुपैयाँ बाहिरिएको छ। ताजा तरकारी ९५ हजार मेट्रिक टन आयात भएको छ। ३ लाख ४० हजार आलु आयात हुँदा ५ अर्ब ३९ करोड रुपैयाँ बाहिरिएको छ।

प्याज १ लाख ७४ हजार मेट्रिक टन आयात हुँदा २ अर्ब ६९ करोड नेपाली रुपैयाँ विदेश पुगेको छ। स्याउ ८७ हजार, केरा ६६ हजार, सुन्तलाजात १२ हजार र दलहन २ लाख १५ हजार मेट्रिक टन आयात भएको मन्त्रालयले जनाएको छ।

भैँसी भन्दा गाईको दूध धेरै

केरा आयातमा २३ करोड १५ लाख, स्याउ आयातमा ३ अर्ब ४९ लाख र सुन्तलाजात आयातमा १ अर्ब ५ करोड रुपैयाँ बाहिरिएको छ। चालु वर्षको ६ महिनामा १ अर्ब ३४ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ।

कृषि तथा पशुपक्षी मन्त्रालयले मलखाद व्यवस्थापन हुन नसक्दा कृषि उत्पादनमा समस्या भएको उल्लेख गरेको छ। औषधि ऐन २०३५ संशोधन नहुँदा पशुपन्छीको औषधि व्यवस्थापन तथा नियमन गर्न कठिन भएको मन्त्रालयले उल्लेख गरेको छ।

फलफूल नर्सरी नियमन निर्देशिका नहुँदा निजी फलफूल नर्सरीहरूमा उत्पादित फलफूल बिरुवाको गुणस्तर व्यवस्थापनमा समस्या भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कृषि विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय गरेको जानकारी पनि दिएको छ।

किसानका उत्पादनको पहिल्यै मूल्य तोक्ने योजना

नेपालको ४० प्रतिशत माटो मात्र ‘तटस्थ’

समाचार शेयर गर्नुहोस्
889
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.