‘राष्ट्रपति चयनमा विदेशी चलखेल हुँदा लाज लाग्दैन?’

‘राष्ट्रपति चयनमा विदेशी चलखेल हुँदा लाज लाग्दैन?’

काठमाडौं : नयाँ राष्ट्रपतिको निर्वाचनको काउन्टडाउन सुरु भएको छ। उम्मेदवारी दर्ता गर्न १० दिन मात्रै बाँकी रहँदासम्म सत्तारुढ र विपक्षी दलले उम्मेदवारको नाम भने सार्वजनिक गरेका छैनन्।

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेर राष्ट्रपति पाउने सहमति गरेको एमालेलाई फेल गराउने रणनीति काँग्रेसले लिएको छ। काँग्रेसका महामन्त्री गगन थापाले फागुन १० गते भित्र वर्तमान सत्ता गठबन्धन भत्कने दाबी सुनाएका छन्।

काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाडेपछि एमालेलगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिमा एमालेको प्रस्तावलाई स्वीकार गरेका छैनन्।

राष्ट्रपति एमालेलाई लिएर प्रधानमन्त्री बनेका प्रचण्डले पार्टीको बैठकबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने लजिक अघि सारे पछि काँग्रेस महामन्त्री थापाले दश गतेभित्र सरकार ढाल्ने घोषणा गरेका थिए। तर माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भने गगनले भनेको दिनसम्म अहिलेको सत्ता साझेदारी नबदलिने दाबी गरेका छन्।

माओवादीले उम्मेदवारी दर्ता गर्ने फागुन १३ अगाडि नै राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने तयारी गरेको छ।

राष्ट्रपति निर्वाचन : प्रचण्ड र रविको समर्थन पाउनेमा काँग्रेस-एमाले दुवै ढुक्क

माओवादी र काँग्रेसको बोली एउटै सुनिन थालेपछि झस्किएको एमाले राष्ट्रपतिमा माओवादीले धोका दिए प्रचण्ड अप्ठेरोमा पर्ने चेतावनी दिएको छ।

एमाले नेता शेरबहादुर तामाङले पुरानो सहमति अनुसार राष्ट्रपतिमा माओवादीको समर्थन नभए सरकार सञ्चालनमा अप्ठ्यारो पर्ने बताए।

एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टीका माधवकुमार नेपालले भने एमालेको राष्ट्रपति बने देश बरबाद हुने बताएका छन्।

समाजवादी प्रेस सङ्गठन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा नेपालले एमालेकै सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेकाले राष्ट्रपति फरक दलको हुनुपर्ने बताए।

सत्ता गठबन्धन विघटनको डिलमा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको निर्वाचनमा खुलेआम विदेशी हस्तक्षेप देखिएको बताएका छन्।

‘अहिले प्रत्यक्ष रूपले नै आफ्नो देश अनुकूलको मान्छे राष्ट्रपति बनाउने खेल खेलिरहेको छ,यसले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ,’प्रतिनिधिसभाको बैठकमा केसीले प्रश्न गरे,‘हामीलाई लाज लाग्दैन?’

विदेशी शक्ति राष्ट्रका मान्छेहरू आउँदा लम्पसार परेर उनीहरूको आर्सीवादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको केसीले बताए। यसले राष्ट्रको स्वाभिमान, इज्जतमा खलल पार्ने काम गरेको उनले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading