काँग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, कृत्रिम अक्सिजन दिनु नपर्ने

काँग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, कृत्रिम अक्सिजन दिनु नपर्ने

काठमाडौं : ग्यास सिलिन्डर लिक भएर लागेको आगोले जलेर घाइते हुनुभएका नेपाली काँग्रेसका नेता डा चन्द्रकान्त भण्डारीलाई भोलि बुधवारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ।

नेता भण्डारीको थप उपचार फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ।

उनलाई बुधवारसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिने उपचार समन्वयमा सँगै रहेका काँग्रेस नेता योगराज कँडेलले जानकारी दिए।

नेशनल बर्न सेन्टरका सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको छ।

जलेर घाइते सांसद भण्डारीको थप उपचार मुम्बईमा

नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रूपमा पलाएको तर हातहरूमा अलिअलि मात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन्।

उनलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि सायद आइविसियु (इन्टेन्सिभ बर्न केयर युनिट)बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिए।

काँग्रेस नेता भण्डारीलाई थप उपचारका लागि देशबाहिर लैजान चिकित्सकको सिफारिस

यही फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर लिक भएर लागेको आगोले जलेर सांसद डा भण्डारीसहित आमा हरिकला भण्डारी घाइते भएका थिए। दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।

नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५ देखि ३० प्रतिशत जलन भएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading