काभ्रे बसेरीकी १८ वर्षीया मनिताको पानी ट्याङ्कीमा डुबेर मृत्यु 

काभ्रे बसेरीकी १८ वर्षीया मनिताको पानी ट्याङ्कीमा डुबेर मृत्यु 

काठमाडौं : काभ्रे नमोबुद्ध नगरपालिका वडा नं १० बसेरीमा १८ वर्षकी बालिकाको डुबेर मृत्यु भएको छ। घरको अन्डर ग्राउन्ड पानी ट्याङ्कीमा डुबेर १८ वर्षकी मनिता घोरसाइनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

कक्षा १२ सकेर कोरिया जाने तयारीका लागि भाषा कक्षा लिइरहेकी मनिताको आफ्नै घरको पानी ट्याङ्कीमा मृत्यु भएको उनका बुबा लेखप्रसाद घोरसाइले बताए। उनका अनुसार मृत्युको कारण खुल्न सकेको छैन। 

लेखप्रसादकी जेठी छोरी हुन मनिता। उनी बनेपाको डेरामा एक्लै बस्दै आएकी थिइन। केही दिन अघि मात्रै छोरीले आफूलाई डर लागेको बताएकी बुबा लेखप्रसादले बताए। ‘छोरीले डर लाग्यो, गाउँमै आउँछ लिन आउनु भनेपछि घर मै ल्याएको थिए,’उनले भने,‘आज (मङ्गलवार) बिहान सबै काममा गयौ, खाना खान घरमा आउँदा छोरीको शव ट्याङ्कीमा तैरिएको अवस्थामा देखे।’ 

बुबा आमा गाउँमा र छोरी बनेपामा बसेर अध्ययन गर्दै आएकी थिइन। बिहान उनले बनेपा जाने भए सँगै जान्छु भनेर बुबालाई भनेकी थिइन। ‘छोरीमा तनाव देखिन्थ्यो,हामीले तनाव लिनु पर्दैन भन्यौ, उसले पनि हामीलाई केही भनिन्,’बुबा लेखप्रसादले भने,‘कुनै केटाले फोन गरेर तनाव दिइरहेको सुनेका थियौ, छोरीले भनिन्, आज घरमै डुबेर ज्यान फाली।’ 

‘डिप्रेसनको कारण ठ्याक्कै एउटै हुँदैन’

छोरीलाई मर्न बाध्य बनाउनेको खोजी गरेर कारबाही गर्न उनले प्रशासनसँग माग गरेका छन्। ‘कसले मर्न बाध्य बनायो, त्यसको खोजी हुनुपर्छ,’उनले भने,‘तनावले नै छोरीको ज्यान आधा घटेको थियो।’ छोरीको मृत्युपछि परिवार चिन्तामा परेको छ।

कोरोना महामारीपछि बालबालिकामा डिप्रेसनको समस्या देखिन थालेको नमोबुद्धका स्थानीय बताउँछन्। सानोतिनो कुरामा पनि रिसाइहाल्ने र तत्कालै निर्णय गरिहाल्ने बानीले अभिभावक नै समस्यामा पर्ने गरेका छन्।

‘लकडाउनका कारण विद्यार्थीहरूको मोबाइलमा लत बस्यो, मोबाइलले सम्पर्क बढायो, हुने नहुने कुरा हुन थाले,’मनिताको पोस्टमार्टम गरिएको धुलिखेल अस्पताल पुगेका ७३ वर्षका एक बुद्धले पहिचानसँग भने,‘यो समस्या अहिले एक जनामा देखिए पनि आगो सरी फैलिएको हुनसक्छ।’

डिप्रेसनमा पुगेका र पुग्न लागेका बालबालिकाका साथै अभिभावक केन्द्रित कार्यक्रम ल्याउन स्थानीयले नमोबुद्ध नगरसँग माग पनि गरेका छन्। 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading