काँग्रेसको एजेन्डामा परेन नक्कली शरणार्थी प्रकरण, बैठक लाइभ गर्ने देउवाको प्रस्ताव

काँग्रेसको एजेन्डामा परेन नक्कली शरणार्थी प्रकरण, बैठक लाइभ गर्ने देउवाको प्रस्ताव

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्गलवार बस्ने भएको छ। काँग्रेसले बैठकका लागि १० एजेन्डा तयार गरेको छ। सोमबार बसेको काँग्रेस पदाधिकारी बैठकले मङ्गलवार बस्ने बैठकका एजेन्डा तयार गरेको हो।

वर्तमान राजनीतिक सन्दर्भ, आर्थिक सन्दर्भ, सामाजिक सन्दर्भ, परराष्ट्र, शासन र सुशासन सम्बन्धी सन्दर्भ, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, पार्टीको निर्वाचन समितिको काम सम्बन्धमा केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हरेक केन्द्रीय समिति बैठक बस्दा केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेका निर्णय अनुमोदन गर्ने, पार्टीको निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले तयार पारेको प्रतिवेदनको प्रस्तुति गर्ने बैठकको एजेन्डा रहेको बताए।

नीति निर्माणको अधिवेशन सम्बन्धी खाका प्रस्तुत, काँग्रेसको विभागहरू थपिने र ती विभागहरूको नाम प्रस्ताव हुने, राष्ट्रव्यापी अभियानको प्रस्ताव गरिने, अनुशासन समितिले अनुशासन समितिको प्रतिवेदन पेस गर्ने, काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रस्तुति दिने र पार्टीका उपसभापति एवं सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारमा भएको काँग्रेसको भूमिकाबारे केन्द्रीय समितिमा प्रतिवेदन राख्ने एजेन्डा काँग्रेस पदाधिकारी बैठकले तय गरेको छ।

नक्कली शरणार्थी : ७ जना उच्च पुगे, षड्यन्त्र भएको आरजुको दाबी

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका काँग्रेस नेताहरूलाई कारबाही गर्ने विषयमा भने दुई धार देखिएको छ। संस्थापनइतर भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारबाही गर्नुपर्ने र संस्थापन पक्ष तत्काल नगर्ने पक्षमा उभिएको छ।

भ्रष्टाचार प्रकरणमा सभापति शेरबहादुर देउवा निकट नेताहरू नै मुछिएका छन्। केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारबाही गर्ने विषयमा छलफल नभएको नेता डा. शशाङ्क कोइरालाले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणमाथि कारबाहीको विषय एजेन्डा बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भएको छ। डा. शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेताहरू भुटानी शरणार्थीसहित भ्रष्टाचार प्रकरणमा मुछिएकाहरूमाथि कारबाही गर्नुपर्ने पक्षमा छन्।

केन्द्रीय समिति बैठकको एजेन्डामा नपरे पछि सभापति शेरबहादुर देउवा नक्कली शरणार्थी प्रकरणसहितको विषयमा केन्द्रित रहेर छलफल गर्न तयार भएका नेताहरूले बताएका छन्। देउवाले सबै विषयमा छलफल गर्न आफू तयार रहेको पदाधिकारी बैठकमा जानकारी गराएका छन्।

यसअघि शरणार्थी प्रकरणको विषयलाई बैठकको एजेन्डा नै बनाउन तयार नभएका सभापति देउवा खाँणको विषयमा केही निर्णय गर्न सकारात्मक देखिएका छैनन्।

देउवाले बैठकको लाइभ गर्ने प्रस्ताव नै राखेका काँग्रेस नेता शशाङ्क कोइरालाले बताए। ‘लाइभ गर्दा नेताहरूले आफ्नो हृदयबाट बोल्दैनन् भन्ने पनि कुरा पनि आएको छ,’उनले भने, ‘भोलिको बैठकमा लाइभ गरेपछि त्यसको प्रतिक्रिया हेरेर निरन्तर गर्ने नगर्ने भन्ने कुरा बैठकमा भएको छ।’

काँग्रेस केन्द्रीय समितिको बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो। यसअघि बस्ने भनिएका बैठक पटकपटक सर्दै आएका थिए।

नेताहरू व्यस्त हुँदा फेरी सर्‍यो काँग्रेस बैठक

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading