विवाह दर्तामा उच्चले न्याय दिने आस

विवाह दर्तामा उच्चले न्याय दिने आस

काठमाडौं : एउटा अदालतको आदेश अर्को अदालतले कार्यान्वयन गर्दैन। अदालत जानुको विकल्प पनि छैन। नेपालमा समलिङ्गी तेस्रोलिंगीको विवाह दर्ता हुने कानुन छैन। सर्वोच्च अदालतले १५ वर्ष अघि दिएको निर्देशनात्मक आदेश अनुसार कानुन अझै बनेन।

सुनिलबाबु पन्त विरुद्ध नेपाल सरकार रहेको मुद्दामा दिएको आदेश कार्यान्वयन नभए पछि पन्तकै नेतृत्वमा समलिङ्गी तेस्रोलिंगी सर्वोच्च पुगे। रिट दायर गरे। १२ असारमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश र अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न अन्तरिम आदेश जारी गर्याे।

१३ असारमा सर्वोच्च अदालतको गेटमा पहिलो संविधान सभा सदस्य रहेका पन्तले १५ वर्षसम्म कानुन नबनाउने सरकार र संसद्लाई झापट दिएको प्रतिक्रिया दिए। रिट निवेदक रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डे वडा कार्यालयबाट अविवाहित सिफारिस लिन लागे।

काठमाडौँमा अस्थायी बसोबास भएका दुवैले स्थायी ठेगानाबाट अविवाहितको सिफारिस पाए। स्थानीय तहमा उनीहरूको बिहे दर्ता भएन। अदालतमा विवाह गर्न पाउने सर्वोच्चको आदेशसहित माया र सुरेन्द्र २५ असारमा काठमाडौं जिल्ला अदालत पुगे। ५ सय रुपैयाँ शुल्क बुझाएर दर्ता भएको विवाहको निवेदन २८ असारमा न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा सुनुवाइ भयो।

तर, न्यायाधीश मैनालीले महिला र पुरुषबिचको विवाह मात्रै दर्ता हुने भनेर माया र सुरेन्द्रको विवाह दर्ता अस्वीकार गर्ने आदेश दिए। पन्तले शब्दमा खेलेर पूर्वाग्रही नबन्न अनुरोध गर्दा मैनालीले कानुनका दफा उपदफा सुनाउँदै विवाह दर्ता नगर्ने लिखित आदेश दिए। न्यायाधीश मैनालीले मुलुकी देवानी संहिताको दफा ६७ देखाएर विवाह दर्ता अस्वीकार गर्दा संविधानको धारा ३८ को उपधारा ६ मा उल्लेख दम्पतीको समान हक हुने व्यवस्था व्यवस्थामै सीमित बनिरहेको छ।

विवाह दर्ताको निवेदनमा उच्चले दियो एमिकस क्युरी झिकाउने आदेश

विवाह दर्ता गर्न पाउनुपर्ने निवेदन अहिले उच्च अदालतमा चार पटक सुनुवाइ भइसकेको छ। आदेश आएको छैन। तेस्रोलिंगी महिला र समलिङ्गी पुरुषको विवाह दर्ता गर्ने निवेदनमा उच्च अदालत पाटन एक महिनादेखि निवेदन ओल्टाइपल्टाई गरेर रिजर्भ बसेको छ। न्यायाधीशहरू विचाराधीन भए पछि कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलले एमिकस क्युरी झिकाएका छन्।

नेपाल बारबाट दुई जना कानुन व्यवसायी झिकाउने र उच्च सरकारी विकलको कार्यालयलाई पनि पेशीको जानकारी गराउने आदेश मुख्य न्यायाधीश पौडेलले दिएका छन्। पौडेलले आउँदो बिहीबार नै पेशी तोक्ने गरी आदेश दिएका छन्।

अब बिहीबार माया र सुरेन्द्रको विवाह दर्ता गर्ने निवेदनमा एकिमस क्युरीको राय लिएर अदालतले आदेश दिनेछ। उच्च अदालतले विवाह दर्ताको निवेदनमा एमिकस क्युरी अर्थात् अदालतको सहयोगी नै झिकाएर छिनोफानो गर्न लागेको छ।

विवाह दर्ता : सर्वोच्चको आदेश नमान्ने काठमाडौं अदालतको अड्डी


काठमाडौं जिल्ला अदालतले समलिङ्गी महिला महिलाको विवाह दर्ता नगर्ने अर्को आदेश पनि दिएको छ। माया र सुरेन्द्र पछि दोस्रो नम्बरमा विवाह दर्ता गर्न जिल्ला अदालत पुगेको समलिङ्गी महिलाको निवेदन नै अस्वीकार भएको छ।

नाम सार्वजनिक नगरिएको समलिङ्गी महिलाको जोडी निवेदन नै दर्ता नभएपछि अलमल्ल परेको छ। समलिङ्गी महिलाको जोडीलाई कानुनी सहायता दिएकी अधिवक्ता यशस्वी थापाले रजिस्ट्रारबाट दरपिठ भएको निवेदन इजलासले बदर नगरेको जानकारी दिइन।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले रजिस्ट्रारबाट दरपिठ भएको निवेदन बदर गरेन। मुलुकी देवानी संहिता २०७४ को दफा ६७ र ७० मा विवाह महिला र पुरुषबिच मात्रै हुन सक्ने कानुनी व्यवस्था उल्लेख गरेर विवाद दर्ताको निवेदन अस्वीकार गरेको अधिवक्ता थापाले बताइन।

समलिङ्गी तेस्रोलिंगी नागरिक त्यहीँ कानुनी व्यवस्था नभएकोले विवाह दर्ता गर्न अदालत पुगेको सर्वोच्चले बुझ्यो, जिल्लाले बुझेन र उच्च अदालत विचाराधीन बसेको छ। जिल्ला न्यायाधीश मैनाली र घिमिरे दुवैले एउटै लिङ्गका व्यक्तिको विवाह दर्ता गर्ने कानुनी व्यवस्था नभएको भनेर अस्वीकार गरे।

सर्वोच्चको आदेश जिल्लाबाट अस्वीकार भए पछि उच्च पुगेको माया र सुरेन्द्रको जोडी अबको बिहीबार विवाह दर्ता हुने आदेश आउने आशामा छ।

सम्बन्धित समाचार

सुरु भयो विवाह दर्ताको प्रक्रिया, एक जोडी पुगे अदालत

‘न्यायाधीश मैनालीले सर्वोच्चको आदेश लागू नगर्ने तर्क गर्नु गलत’

विवाह दर्ताको निवेदन आइतबार पेशीमा चढ्ने, नीलो फूल युट्युबमा अपलोड

विवाह दर्ताको प्रक्रिया के हो? (भिडियो)

विवाह दर्ता गर्न पाउने आदेशले ल्याएको तरङ्ग

समलिङ्गी तेस्रोलिंगीको तत्काल विवाह दर्ता गर्नू

समलिङ्गी विवाह : तीन वर्षदेखि रोकिएको प्रक्रिया अब सुरु हुने आशा

नागरिकतामा नयाँ विधिशास्त्र : नाम र लिंग सहजै सच्चिने (सर्वोच्चको पूर्ण पाठ सहित )

समलिङ्गी विवाह सम्बन्धी सरकारको गोप्य अवधारणा, कानुनले फिर्ता पठाएपछि अर्को बनाउने तयारी

सर्वोच्चको ऐतिहासिक फैसला, समलिङ्गी विवाहलाई मान्यता दिनु (आदेशको पूर्णपाठ र भिडियो )

छोरो ‘गे’ हुँदा भोजराज पोखरेललाई यस्तो, आम परिवारको अवस्था कस्तो?

“नेपाली महिलासँग विवाह गरेकी अमेरिकी महिलालाई भिसा दिनु” (केही समय अघि सुमन पन्तसँग गरिएको कुराकानी र सर्बोच्च अदालतको आदेश समेत संलग्न छ)

हाईप्रोफाइल परिवारमा समलिङ्गी विवाह, गैरपर्यटक भिसाको आदेश कुर्दै जोडी

लिङ्ग पहिचान गरेर पतन गराउन सांसद नै उक्साउँछन्, कसरी हुन्छ कानुन कार्यान्वयन?

समलिंगी जोडीलाई भिषा नदिए सर्वोच्च जाने सुमनको चेतावनी

नीलो फूल : अवस्था बदल्न व्यवस्था परिवर्तन

रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

तेस्रोलिंगी पहिचान : संविधानले स्वीका-यो, संहिताले चिनेन

छापामार शैलीमा मतदाता भेट्छु : शरिन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी

नीलो फूल र सकम्बरीले गरे पितृसत्तात्मक सोचको भण्डाफोर

नयाँ समय, पूरानै मानसिकता, प्रतिफल : अनाबश्यक झण्झट र तनाव

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.