चिकित्सकहरूको आन्दोलन अन्त्य

चिकित्सकहरूको आन्दोलन अन्त्य

काठमाडौं : सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। सङ्घर्ष समितिको तर्फबाट सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरू अन्त्य गरी नियमित काममा फर्कने सहमति भएको छ।

स्वास्थ्यकर्मीहरू माथि बारम्बार भइरहेका कुटपिट र दुर्व्यवहारको घटनाको कारक तत्त्व पहिचान एवं निराकरण गर्न आवश्यक पर्ने नीतिगत र कानुनी सुधारका विषयहरू समेटी प्रतिवेदन पेस गर्न दश दिन भित्र उच्च स्तरीय कार्यदल गठन गर्ने सरकार र चिकित्सकबीच सहमति भएको छ।

कार्यदललाई तीन महिना भित्र प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिने सहमति भएको छ। प्रतिवेदन अध्ययन गरी त्यसमा उल्लेख भएको मूल मर्म कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक कारबाही गर्ने सहमति भएको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको सहमतिमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. शेषराज घिमिरे र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन्।

चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कारबाही चलाउने सहमति आन्दोलनरत चिकित्सकहरूले गरेका छन्।

पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नु पर्ने लगायतका माग सङ्घर्ष समितिले राखेको थियो।

सहमतिको बुँदा यस्ता छन् :

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading