निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

घटुवामा पर्नबाट जोगियो मानव अधिकार आयोग

घटुवामा पर्नबाट जोगियो मानव अधिकार आयोग

253
SHARES

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोग घटुवामा पर्नबाट जोगिएको छ। मानव अधिकार आयोग ऐन पेरिस सिद्धान्तबमोजिम रहनुलाई मुख्य आधार बनाएर नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ ग्रेडमै राखिएको छ।

मानवअधिकारको विश्वव्यापी एलायन्सले तह घटुवाको चेतावनी दिएको थियो। आयोगका पदाधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै आयोगको तह घटुवा गर्ने भनिएको थियो। तर, विश्वव्यापी एलायन्सले सर्त राखेर तह घटुवाको चेतावनी कार्यान्वयन नगर्दा राष्ट्रिय मानव अधिकार आयोग ‘ए’ ग्रेडमै रहन सफल भएको हो।

पदाधिकारी नियुक्ति गर्दा बृहत् रूपमा सार्वजनिक आह्वान गर्ने, सरोकारका सबै क्षेत्रसम्म जानकारी पुर्‍याउने, व्यापक परामर्शसहित मापदण्ड बनाएर सिफारिस गरिनुपर्ने र आयोगलाई पर्याप्त बजेट उपलब्ध गराउनु पर्ने सर्त राखेर आयोगलाई ‘ए’ ग्रेडमै राखिएको हो।

ग्लोबल एलायन्स फर नेसनल ह्युमन राइट्स इन्स्टिट्युसन (गानरी) ले गत वर्ष नै आयोगलाई सन् २०२३ देखि ‘ए’ ग्रेडबाट ‘बी’ मा झार्ने चेतावनी दिएको थियो। घटुवामा पर्नबाट जोगिए पछि राष्ट्रिय मानव अधिकार आयोगले खुसी व्यक्त गरेको छ।

यसले नेपालको मानव अधिकारको अवस्थामा प्रश्न उठ्ने अवस्था अन्त्य भएको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले बताए। उनले सरकारसँगको सम्बन्ध नराम्रो रहेको सन्देश समेत नजाने सुनाएका छन्।

सम्बन्धित समाचारहरू

घटुवाको सिफारिसमा परेको आयोगमा पर्नै छाडे उजुरी

विधिको शासन उल्लङ्घनले अन्तर्राष्ट्रिय बेइज्जती, स्वेच्छाले पद त्याग गर्नुहोस : त्रिपाठी

घटुवामा नपर्न प्रधानमन्त्रीसँग गुहार

समाचार शेयर गर्नुहोस्
253
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.