निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तिहार सुरु, ३५ करोडको फूल बिक्री हुने अनुमान

तिहार सुरु, ३५ करोडको फूल बिक्री हुने अनुमान

350
SHARES

काठमाडौं : नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भएको छ। प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहार मनाइएको छ। काग तिहारका अवसरमा काग सम्मेलन भएको छ।

एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौँको शान्ति बाटिकामा कागको आवाज निकालेर काग बोलाउँदै ‘बिसौँ काग सम्मेलन’ गरे।

विगत १९ वर्षदेखि काग सम्मेलन गर्दै आएका उनले करिब ४० मिनेटसम्म बोलाउँदा काग एकै ठाउँमा झुम्मिए। यद्यपि अघिल्ला वर्षमा जस्तो कागको सङ्ख्या नरहेको दुलालले बताए।


तिहार सुरु भएसँगै सयपत्री फूलको माला बिक्री समेत सुरु भएको छ। काठमाडौं महानगरपालिकाले नेपाली कृषकले उत्पादन गरेका सयपत्री, मखमली र गोदावरी फूललाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँमा बिक्रीस्थल तोकेको छ।

यस वर्ष तिहारमा ३५ करोड बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ। किसानले उत्पादन गरेका फूलका माला र थुङ्गा बजारमा बिक्री भइरहेका छन्। यो वर्ष स्वदेशी उत्पादनले नै माग धान्ने व्यवसायीहरूले बताए।

तिहारका लागि फूलमालासँगै घर उज्यालो बनाउन झिलिमिली बत्तीको समेत किनबेच भइरहेको छ। यस वर्ष तिहारका लागि करिब ४५ करोड बराबरको झिलिमिली बत्ती आयात भएको विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेसमप्रसाद देवकोटाले बताए।

झिलिमिली बत्ती विशेष गरी चीन र भारतबाट आयात हुने गरेको छ । आर्थिक मन्दीका कारण यस वर्षको तिहारमा आयात भएअनुसार झिलिमिली बत्तीको व्यापार भने धेरै नहुने अवस्था देखिएको उनले बताए।

विद्यालयको खाली जमिन बन्यो बगैँचा

समाचार शेयर गर्नुहोस्
350
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.