केसीमाथि मन्त्री बस्नेतले लगाए गम्भीर आरोप

केसीमाथि मन्त्री बस्नेतले लगाए गम्भीर आरोप

काठमाडौं : अनसनको रेकर्ड ब्रेक गरेका डा.गोविन्द केसीकै कारण नेपालको स्वास्थ्य क्षेत्र कोल्याप्स हुने स्थितिमा पुगेको सरकारले दाबी गरेको छ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै पटक पटक अनसन बसेका केसीलाई बचाउन सरकारले गरेका सम्झौताका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको निष्कर्षमा सरकार पुगेको हो।

२०६९ असार २१ गतेबाट अनसन थालेका केसीले पछिल्लो दशकमा २० औँ पटक अनसन बसेका छन्। पछिल्लो अनसन गत वर्ष असोज ८ गते अनसन बसेका केसीले सरकारसँग १० बुँदे सहमति गरेर १३ दिन लामो आमरण अनसन तोडेका थिए।

पटक पटक डा केसीका माग पुरा गर्ने भन्दै अनसन तोडाएको सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका छन्।

चिकित्सा शिक्षा : योग्यले पढ्न नपाउने किन?

मन्त्री बस्नेतले केसीले अनसन बस्ने कुरा देश र जनताको हितमा नभएको भन्दै त्यस्ता अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कारबाही गर्ने चेतावनी नै दिए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र काँग्रेस सांसदसमेत रहेका काठमाडौँ मेडिकल र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले पनि डा. केसीकै कारण नेपालको स्वास्थ्य क्षेत्र डामाडोल भएको आरोप लगाउँदै आएका छन्।

मन्त्री बस्नेतले पनि प्रसाईँ र शर्माले भनेजस्तै यथास्थिति कायम रहे ५ वर्षपछि नेपालमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने जिकिर गरे।

एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सरकारको नेतृत्व गरिरहेका बेला डा. केसीसँग धेरै पटक धेरै बुँदामा सम्झौता भएको छ।

न त सरकारले सम्झौता कार्यान्वयन गरेको छ न त नयाँ नीति ल्याउन सकेको छ। जसले गर्दा स्वास्थ्य शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी बिदेसिन बाध्य छन् भने सर्वसाधारण उपचार पाउनबाट वञ्चित हुनुपरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading