माओवादीको दाबी लगत्तै राष्ट्रपतिले गरे महासचिव नियुक्ति

माओवादीको दाबी लगत्तै राष्ट्रपतिले गरे महासचिव नियुक्ति

320
SHARES

काठमाडौं : राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले दाबी गरे लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले दुई महिनादेखि रोकेर राखेको सिफारिस हतार हतार अनुमोदन गरेका छन्।

नागरिकता विवादले नियुक्ति नै नपाउने अवस्थामा पुगेका सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले माओवादीको दाबी सार्वजनिक भएको केही घण्टामै हतार हतार महासचिव पदमा नियुक्ति पाएका हुन्।

राष्ट्रिय सभा अध्यक्षमा काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाको चर्चा चले पनि पहिलो ठुलो दल र कोसी प्रदेशमा भोट क्रस गरेर एमालेलाई जिताएकाले अध्यक्ष काँग्रेसलाई दिन नहुने निष्कर्षमा पुगेको माओवादीका सचिव देवेन्द्र पौडेलले बताएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत दलको बैठकमा काँग्रेसलाई यतिकै अध्यक्ष दिन नसकिने र अध्यक्षमा पार्टीकै दाबी रहने बताए लगत्तै राष्ट्रपति पौडेल महासचिव नियुक्तिको सिफारिस रोकेर राख्न नसक्ने अवस्थामा पुगेका हुन्।

राष्ट्रपतिले रोके सिफारिस, तनावमा परे पाण्डेय

राष्ट्रपति कार्यालयले भने सिफारिस अध्ययन गर्न दुई महिना लागेको बताएको छ। कार्यवाहक महासचिवबाट सोमबार राजीनामा बुझाएका पाण्डेयलाई मङ्गलवार महासचिवमा नियुक्त गरिएको कार्यालयले बताएको छ।

पाण्डेयलाई नियुक्ति नगर्ने राष्ट्रपति पौडेलको कुनै गलत मनसाय नरहेको दाबी उनका कानुनी सल्लाहकार बाबुराम कुँवरले गरेका छन्।

कार्यवाहक महासचिवको रूपमा सङ्घीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूची सार्वजनिक गरेका पाण्डेय नाम सिफारिस भएको दुई महिना मात्रै नियुक्त भए।

सङ्घीय संसद्को कार्यवाहक महासचिव, प्रतिनिधिसभा र राष्ट्रियसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेर राष्ट्रपति पौडेलले नयाँ नियुक्ति दिएका हुन्। महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

महासचिवमा नाम सिफारिस लगत्तै नागरिकतादेखि शैक्षिक योग्यतासम्मको काण्डमा पर्दा तनाव झेलेका पाण्डेले महासचिवमा नियुक्त भइसके पछि अहिले बोलेर नभई परिणामबाटै जवाफ दिने बताएका छन्।

संसद्को सिफारिसमा राष्ट्रपति मौन, नेताहरू घोचपेच र जुहारीमा व्यस्त

समाचार शेयर गर्नुहोस्
320
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.