चोरी गरेको मुद्दामा तेस्रो*लिंगी एन्जेलालाई कैद

चोरी गरेको मुद्दामा तेस्रो*लिंगी एन्जेलालाई कैद

काठमाडौं : तेस्रो*लिंगी सुस्मिता भन्ने एन्जेला तामाङले गेस्ट हाउसका सञ्चालकसँग मिलेमतो गरी चोरी गरेको घटनामा क्षतिपूर्ति भराउने फैसला भएको छ। अदालतले जाहेरवालाको चोरी भएको रकम प्रतिवादीहरूबाट भराई दिने फैसला गरेको छ।

काठमाडौं जिल्ला अदालतले सुस्मिता र सिद्धी गणेश गेस्ट हाउसका सञ्चालक रामप्रसाद अधिकारी भन्ने राम अधिकारीले मुलुकी देवानी संहिता २०७४ को दफा २४१ (१) र (२) बमोजिमको कसुर गरेको ठहर गरेको छ।

न्यायाधीश दीपक खनालको इजलासले १६ पुसमा गरेको फैसलाको पूर्ण पाठ ६ फागुनमा सार्वजनिक भएको छ। ‘सो ठहर्नाले वारदातको अवस्था र परिस्थिति, चोरीको सामानको प्रकृति, परिणाम र सो को मूल्य, प्रतिवादीहरूको उमेर समूह र निजहरूको पारिवारिक तथा आर्थिक अवस्था समेतलाई विचार गर्दा एन्जेजा तामाङ र रामप्रसाद अधिकारीलाई मुलुकी अपराध संहिताको दफा २४२ (२) बमोजिम जनही २ महिनाका दरले कैद र पाँच हजार रुपैयाँका दरले जरिवाना हुने ठहर्छ’फैसलामा लेखिएको छ।

मुलुकी अपराध संहिताको दफा २४२ (२) मा चोरी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। तर, अदालतले एन्जेला र रामप्रसादलाई भने दुई महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

प्रतिवादीहरूले रकमसम्म चोरी गरेको स्वीकार गरेका छन्। सुस्मिता भन्ने एन्जेला तामाङबाट ७० हजार र रामप्रसाद अधिकारीबाट ३० हजार जाहेरवालालाई दिने ठहर पनि गरेको छ। फैसलामा दुवै प्रतिवादीहरूबाट २ सय रुपैयाँका दरले क्षतिपूर्ति शुल्क लिई सो रकम पीडित राहत कोषमा जम्मा गराइ दिने ठहर्ने भनिएको छ।

दुई महिना कैद, पीडितलाई क्षतिपूर्ति भराउने आदेश

सिद्धी गणेश गेस्ट हाउसका सञ्चालक रामप्रसाद अधिकारीको धरौटी रकम जफत हुने फैसला भएको छ। फैसलाको पूर्ण पाठमा लेखिएको छ,‘अधिकारीले तारेख गुजारी बसेको देखिँदा थुनछेकको क्रममा राखेको धरौटी रकम जफत हुने ठहर्छ।’

एन्जेलालाई २० दिन र रामप्रसादलाई ११ दिन प्रहरी हिरासतमा राखिएको देखिँदा एन्जेलालाई २० दिन कट्टा गरी बाँकी १ महिना १० दिन कैद असुल गर्न अदालतले आदेश दिएको छ।

जरिवानाको हकमा भने एन्जेलाले थुनछेकका क्रममा राखेको धरौटी रकमबाट जरिवानाको रकम कट्टा गरी असुली गर्न भनिएको छ।

गत भदौ २८ गते दिउँसो एन्जेलाले जाहेरवाललाई फकाई सिद्धी गणेश गेस्ट हाउसमा लगेको र गेस्ट हाउसका सञ्चालक रामप्रसाद अधिकारीसँगको मिलेमतोमा १ लाख ४५ हजार रुपैयाँ चोरी गरेको प्रहरीमा जाहेरी दर्ता भएको थियो। त्यही मुद्दामा काठमाडौं जिल्ला अदालतले एन्जेला र रामप्रसादलाई दोषी ठहर गरेको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.