निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल फकाउँदै ओली, शत्रुता अन्त्य गर्दै मित्रता

नेपाल फकाउँदै ओली, शत्रुता अन्त्य गर्दै मित्रता

250
SHARES

काठमाडौं : प्रमुख राजनीतिक शत्रुका रूपमा एकअर्काविरुद्ध उत्रिँदै आएका दुई वामपन्थी दल नेकपा एमाले र एकीकृत समाजवादीबीच सम्बन्ध सुधार भएको छ।

नयाँ गठबन्धन निर्माणसँगै पानी बाराबारको स्थितिमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई निवासमै गएर छलफल गरेका छन्।

साढे दुई वर्षअघि एमालेबाटै विद्रोह गरेर नेपालले एकीकृत समाजवादी बनाएपछि ओली–माधवले तिखो प्रहार गर्दै आएका थिए। एउटै मञ्चमा भेटिँदा एकअर्कालाई उपेक्षा गर्दै मुन्टो बटारेर हिँड्ने गरेका थिए। तर, नयाँ गठबन्धन निर्माण भएसँगै भने ओलीले नेपालसँग संवाद गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल निवास कोटेश्वर पुगेका ओलीले नयाँ गठबन्धनमा सहभागी हुन आग्रह नै गरेका छन्। नेपाल पनि गठबन्धनमा सहभागी हुन सकारात्मक भएका छन्।

कोटेश्वरस्थित नेपाल निवासमा छलफल गरेर बाहिरिएका नेताहरूले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

एमालेसँग प्रचण्डको अङ्कमाल, काँग्रेस जिल्ल

अध्यक्षद्वयबीच संवाद सुरु भएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरू पनि खुसी देखिएका छन्। एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन्।

एकीकृत समाजवादीले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बुधवार बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ। सम्मानित नेता खनालले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई सङ्कटबाट जोगाउने आशा आफूहरूमा पलाएको समेत बताए।

समाचार शेयर गर्नुहोस्
250
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.