सुन तस्करी प्रकरण

महराको वयान सुरु, नर्भिकबाट बिहान डिस्चार्ज, बेलुका भर्ना

महराको वयान सुरु, नर्भिकबाट बिहान डिस्चार्ज, बेलुका भर्ना

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।

बयानका लागि महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरे पनि चार दिनको मात्रै अनुमति पाएको सीआइबीले महरालाई नर्भिक अस्पतालमा राखेको छ। बयान दिनका लागि महरा बुधवार १ बजेतिर सरकारी वकिलको कार्यालयमा उपस्थित भएका हुन्।

नर्भिक अस्पतालबाट सिधै बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित भएका महराको बयान चलिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता सन्देश श्रेष्ठले जानकारी दिए। ‘आजदेखि उहाँ(महरा)को बयान सुरु भएको हो,’सहन्यायाधीवक्ता श्रेष्ठले पहिचानसँग भने,‘आज मात्रै बयानका लागि आउनु भएको हो।’

सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए। पक्राउ परेका यसअघिका भिभिआइपीकै अनुसरण गरेर महरालाई प्रहरी हिरासतमा नराखी सिधै नर्भिक अस्पताल भर्ना गरिएको थियो। मङ्गलवार महरा बयानका लागि सरकारी कार्यालयमा उपस्थित भएनन्।

सुन तस्करीमा पक्राउ परेका महराको बास अस्पतालमा

केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बयान सकेर नर्भिक अस्पतालमै लगिने जानकारी दिए। ‘आज बयानका लागि अस्पतालबाट सरकारी वकिलको कार्यालयमा लगिएको हो,’प्रवक्ता बोगटीले पहिचानसँग भने,‘बयान सकेर अस्पतालमा लगिनेछ।’

जिल्ला अदालतबाट अनुसन्धानका लागि पाएको चार दिनको अनुमति बिहीबार सकिँदै छ। तर, महराको बयान भने दुई दिनमै सकिने÷नसकिने कुनै टुङ्गो छैन। बयान नसकिए पुन म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ।

नर्भिक अस्पतालले बिहान साढे ९ बजे महरा डिस्चार्ज भएको बताएको छ। ‘उहाँ बिहान साढे ९ बजे डिस्चार्ज हुनुभएको हो,’अस्पतालको कष्टमर हटलाइनमा कार्यरत सृष्टि कर्माचार्यले पहिचानसँग भनिन्,‘फेरी भर्ना हुन आउने भन्ने कुरा छ।’

नर्भिक अस्पतालले महरा डिस्चार्ज भएको भनेर ढाटेको पुष्टि भएको छ। तर, अस्पतालले भने डिस्चार्ज महरा डिस्चार्ज नै भएको दाबी गरेको छ। बयान सकेर महरालाई अस्पतालमै लगिने सीआइबीका प्रवक्ता बोगटीले जानकारी दिए। ‘डिस्चार्ज हुनु भएको होइन,’बोगटीले भने,‘बयान सकेर अस्पतालमै लगिनेछ।’

सुन तस्करीमा पक्राउ परेका महरा सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हुन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading