काँग्रेस सांसद विनोद चौधरीसँग एकाबिहानै बयान

काँग्रेस सांसद विनोद चौधरीसँग एकाबिहानै बयान

काठमाडौं : बाँसबारीको सरकारी जग्गा किर्ते गरी ठगी गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले काँग्रेस सांसद विनोद चौधरीसँग बयान लिन सुरु गरेको छ। बिहीबार बिहान बयान दिन सांसद चौधरी सीआइबी कार्यालयमा उपस्थित भए।

त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर चौधरीसँग बयान लिन सुरु गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए।

सीआइबीले बाँसबारीको सरकारी जग्गा किर्ते गरी ठगी गरेको सम्बन्धमा सांसद तथा चौधरी ग्रुपका अध्यक्ष चौधरीको संलग्नताबारे अनुसन्धान भइरहेको पत्र बुधवार मात्रै सभामुख देवराज घिमिरेलाई पठाएको थियो।

सीआइबीले पत्र पठाए लगत्तै चौधरी एकाबिहानै बयान दिन सीआइबीमा पुगेका हुन्। सीआइबीमा बयान दिएर चौधरी सरकारी वकिलको कार्यालयमा पुगे। कार्यालय समय अघि नै चौधरीको बयान लिन सुरु गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

काँग्रेसलाई रविको सुरुवाती झट्का, चौधरीमाथि अनुसन्धान भएको पत्र संसदमा

चौधरीकै अगुवाइमा २०४३–२०४४ सालमा यो सरकारी जग्गा उनको परिवारले हात पारेको र पछि यसलाई निजी सम्पत्ति बनाइएको प्रकरण सार्वजनिक भएको थियो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन आइतबार निर्देशन दिएका थिए। लामिछानेको निर्देशनसँगै चौधरीसँग बयान लिन सुरु भएको हो।

महराको वयान सुरु, नर्भिकबाट बिहान डिस्चार्ज, बेलुका भर्ना

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद बिहीबार सकिँदैछ। महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ।

सोमबार पक्राउ परेका महराको बुधवारदेखि सरकारी वकिलसमक्ष बयान चलिरहेको छ। बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको बयान जारी रहने सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।

महरालाई नर्भिक अस्पतालमा राखिएको छ। उनी बयानका लागि अस्पतालबाट जाने र बयान दिएर पुन अस्पतालमै बास बस्न पुग्ने गरेका छन्। काठमाडौं जिल्ला अदालतले महरा बिरामी रहेको भन्दै अस्पतालमा राख्न आदेश दिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading