केटीकेटी विवाह गर्ने जोडीलाई धम्की, सुरक्षा दिन माग

केटीकेटी विवाह गर्ने जोडीलाई धम्की, सुरक्षा दिन माग

200
SHARES

कैलाली : कैलालीको मोहन्याल गाउँपालिकाको विकट गाउँ सोल्टामा केटीकेटी विवाह गरेको जोडीलाई हैरानी भएको छ। बाबाआमा कामका लागि भारतमा रहेका उनीहरूलाई छिमेकी र आफन्तले अनेक प्रश्न गर्दै हैरानी दिएका हुन्।

२० वर्ष भन्दा कम उमेरमा भागी विवाह गरेका उनीहरूलाई आफन्तले झम्टिँदै सँगै बस्न नदिने धम्की दिएका छन्। गाउँले जम्मा भएर १७ र १६ वर्षका किशोरीलाई अनेक प्रश्न गर्दै कलिलो उमेरका उनीहरू आत्तिएका स्थानीय पत्रकारले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा देखिएको छ।

उनीहरूले आफूहरू नछुट्टिने बताए पछि बुबा आए पछि थाहा पाउने ठूलोबुबा पर्नेले चेतावनी दिएका छन्। भारतमा काम गर्न गएका उनीहरूका बाबाआमालाई छिमेकी र आफन्तले घर बोलाएका छन्।

उनीहरूलाई छुट्ट्याएर राख्ने गाउँले र आफन्तले प्रयास जारी राखेका छन्। ‘तिमीहरूको बच्चा हुन्छ? कसरी बस्छौँ?’ जस्ता प्रश्न उनीहरूमाथि तेर्स्याइरहेका छन्।

कैलालीको विकट गाउँ मगरटोल सोल्टामा विद्युत् समेत पुगेको छैन। खानेपानीको समेत सुविधा नभएको स्थानीय पत्रकार दीपक रावलले बताए। उनीहरूलाई सुरक्षासँगै परामर्श आवश्यक रहेको उनले बताए।

एक जनाको परिवारले स्वीकारेको छ भने अर्को परिवार आक्रोशित बनेको छ। यस्तो अवस्थामा उनीहरूमाथि जे पनि हुन सक्ने भन्दै सुरक्षाको जिम्मा लिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सरकारसँग माग गरेका छन्।

व्यक्तिको लैङ्गिकता र यौनिकताबारे अनावश्यक प्रश्न सोधेर हैरानी दिने काम नगर्न पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले आग्रह गरेका छन्।

‘कम उमेरका उनीहरू नाम, तस्बिर सार्वजनिक गरिएको छ, अनावश्यक प्रश्नहरू सोधेर भिडियो नै सार्वजनिक भएका छन्,’पन्तले भने,‘भोलि तलमाथि भएमा जिम्मा कसले लिने चिन्ताको विषय भएको छ।’ पन्तले सरकारसँग उनीहरूको सुरक्षाको जिम्मा लिन माग गरेका छन्।

स्थानीय प्रहरीले परिवारलाई सम्झाई बुझाई गरेर दुवै जनालाई परिवारकै जिम्मा लगाएको बताएको छ।

कुटपिटमा परेका किशाेरीले भने, जुनी-जुनीसम्म छुट्दैनौँ

समाचार शेयर गर्नुहोस्
200
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.