सर्वोच्चमा शरणार्थी मुद्दा : दोस्रो दिन पनि सुनुवाइ स्थगित

सर्वोच्चमा शरणार्थी मुद्दा : दोस्रो दिन पनि सुनुवाइ स्थगित

480
SHARES

काठमाडौं : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको बन्दीप्रत्यक्षीकरण मुद्दा दोस्रो दिन पनि स्थगित गरेको छ। प्रतिवादीका कानुन व्यवसायीको निवेदनका आधारमा पेशीमा चढेको मुद्दा स्थगित भएको हो।

आइतबार निलम्बित सचिव टेकनारायण पाण्डेका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको शरणार्थी मुद्दाको पेशी सोमबार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र महेश शर्मा पौडेलको इजलासमा परेको थियो।

सोमबार रायमाझीका कानुन व्यवसायीले दिएको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पुगेका पाण्डे, सानु भण्डारी, डा. इन्द्रजित राई, सागर राई, टोपबहादुर रायमाझी, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, केशवप्रसाद दुलाल, शमशेर मिया र आङटावा शेर्पा बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका हुन्।

उच्च अदालत पाटनले धरौटीमा रिहा नगर्ने आदेश दिए पछि सर्वोच्च पुगेका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको मुद्दा सोमबार दोस्रो दिन पनि स्थगित भएको हो। ‘पेशीमा राखिदिनु भन्दै आउँछन्, राख्यो स्थगितको निवेदन बोकेर आउँछन्,’सर्वोच्च स्रोतले पहिचानसँग भन्यो,‘स्थगित नै गर्नु थियो भने किन पेशीमा राख्नु भनेका हुन्?’

आइतबार न्यायाधीश सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको इजलासमा पेशी चढेको मुद्दा निलम्बित सचिव पाण्डेका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो। सोमबार पनि निवेदकका कानुन व्यवसायीले निवेदन दिएपछि दोस्रो पटक सुनुवाइ स्थगित भएको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।

भुटानको शासक पुरानै चिन्तामा, मन्त्रीकै आफन्त शरणार्थी (भिडियो)

समाचार शेयर गर्नुहोस्
480
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.