प्रधानाध्यापकहरूको समितिमा सुवेदी

प्रधानाध्यापकहरूको समितिमा सुवेदी

काठमाडौं : शिवपुरी मा.बि. महाराजगन्जका प्रधानाध्यापक प्रकाश सुवेदीको अध्यक्षतामा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल काठमाडौं जिल्ला समिति गठन भएको छ।

२५ सदस्यीय समितिको उपाध्यक्ष खगेन्द्र प्रसाद रिमाल नागार्जुन नगरपालिका, सचिव रिता तिवारी काठमाडौं महानगरपालिका, सहसचिव रुद्र कोइराला बुढानीलकण्ठ र कोषाध्यक्ष देवराज महर्जन कीर्तिपुर सर्वसम्मत रूपमा चयन भएका छन्।

समितिमा काठमाडौं महानगरपालिकाबाट ५ जना र १० वटा नगरपालिकाबाट २/२ जना गरी २० जना सर्वसम्मत रूपमा चयन गरिएको सचिव रिता तिवारीले जानकारी दिइन।

नवनिर्वाचित समितिलाई प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष टिकाराम पाण्डे, महासचिव लक्ष्मण श्रेष्ठ र सदस्य यमनाथ चौलागाँईले बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा काठमाडौं जिल्ला क्षेत्र नं. ५ का सङ्घीय सांसद प्रदीप पौडेलले प्रधानाध्यापकहरूको सीप र क्षमताको वृद्धि तथा विकासले मात्र विद्यालयहरू अब्बल हुने बताए। एउटै व्यक्तिले प्रशासनिक र शैक्षिक नेतृत्व लिनु पर्ने भएकोले यो आफैमा चुनौतीपूर्ण भएको उनले बताए।

प्रधानाध्यापकहरूको विषय माग र मुद्दामा एकाकार भई सङ्घीय संसद्मा आवाज उठाउने साथीको रूपमा आफूलाई लिन सांसद पौडेलले अनुरोध गरे।

शिक्षा विकास तथा समन्वय इकाईका अधिकारी विचारीप्रसाद अधिकारीले आफू पनि विद्यालयको प्रधानाध्यापकको भूमिका निर्वाह गरेको व्यक्ति भएकोले प्रधानाध्यापकको कार्य क्षेत्र, कार्य व्यस्तता र नेतृत्व शैलीका बारेमा परिचित रहेको सुनाए।

यो एसोसिएसनले प्रधानाध्यापकका विषयवस्तु, विद्यालयका समसामयिक एजेन्डा र एक्काइसौ शताब्दीको शैक्षिक नेतृत्वजस्ता सवालमा आवश्यक काममा ध्यान दिनुपर्ने सुझाव उनले दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.