स्थानीय तहमा रिक्त ४४ पदमा १२१ स्वतन्त्र

स्थानीय तहमा रिक्त ४४ पदमा १२१ स्वतन्त्र

192
SHARES

काठमाडौँ : स्थानीय तहमा रिक्त ४४ पदका लागि राजनीतिक दल बाहेकका १२१ जना स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ।

दलको झन्डा नबोकेका १२१ जना उम्मेदवारले मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नं २ को अध्यक्षमा सबैभन्दा बढी १२ जना स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ। काठमाडौँ महानगरपालिका १६ नं वडा अध्यक्षमा ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

कीर्तिपुर नगरपालिका प्रमुख पदमा ११ जना स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ। १ जना तेस्रोलिंगी महिला दीपक महर्जन (हनि)को जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दर्ता भएको छ।

कीर्तिपुरको ४ नं वडा अध्यक्षमा पनि तेस्रोलिंगी महिला राजीव महर्जन (मौनी)को उम्मेदवारी दर्ता हुँदा ५ जना स्वतन्त्र उम्मेदवार मैदान उत्रिएका छन्। दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष पदमा ९ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

मेयरमा पहिलो पटक तेस्रो लिङ्गीको उम्मेदवारी दर्ता, भ्रष्टाचार अन्त्य गर्ने घोषणा

धनुषाको धनुषाधाम नगरपालिका १ नं वडा अध्यक्षमा ९ जना, रौतहटको राजपुर नगरपालिकाको ६ नं वडा अध्यक्षमा ८ जना, गढीमाई नगरपालिका ८ नं वडा अध्यक्षमा ९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

झापाको कन्काई नगरपालिका १ नं वडा अध्यक्षमा १ जना, मोरङको ग्रामथान गाउँपालिकामा १ जना, तेह्रथुमको लालीगुराँस नगरपालिका ८ नं वडा अध्यक्षमा २ जना र सुनसरीको गढी गाउँपालिका ६ नं वडा अध्यक्षमा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

ओखलढुङ्गाको मेलुङ गाउँपालिका ५ नं वडा अध्यक्षमा २ जना, उदयपुरको त्रियुगा नगरपालिका ९ नं वडा अध्यक्षमा १ जना, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ नं वडा अध्यक्षमा २, रौतहटको ईशनाथ नगरपालिका ७ नं वडा अध्यक्षमा ७ जना र राजपुर नगरपालिका ६ नं वडा अध्यक्षमा ८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

कीर्तिपुर नगरपालिका १ नं वडा अध्यक्षमा ३ जना, नुवाकोटको ककनी गाउँपालिका २ नं वडा अध्यक्षमा २ जना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ नं वडा अध्यक्षमा ५ जना, गुल्मीको मुसिकोट नगरपालिका १ नं वडा अध्यक्षमा ३ जना, कपिलवस्तुको सुद्ध्धोधन गाउँपालिका १ नं वडा अध्यक्षमा ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

रुकुमपुर्व उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा ४ जना र २ नं वडा अध्यक्षमा १ जना, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ नं वडा अध्यक्षमा १ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा २ जना, दार्चुलाको दुहुँ गाउँपालिका ५ नं वडा अध्यक्षमा १ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नं वडा अध्यक्षमा २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

समाचार शेयर गर्नुहोस्
192
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.