निर्वाह भत्ताको सहमति सच्याउन मन्त्री पौडेल र भट्टराईलाई २४ घण्टे अल्टिमेटम

निर्वाह भत्ताको सहमति सच्याउन मन्त्री पौडेल र भट्टराईलाई २४ घण्टे अल्टिमेटम

537
SHARES

काठमाडौं : आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक निजी मेडिकल कलेजमा न्यूनतम सरकारी सरह कायम नगरे अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन्।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले मङ्गलवार विज्ञप्ति निकालेर सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीद्वारा संयुक्त रूपमा गरिएको भनिएको नेपाली चिकित्सकको अपमान हुने खालको सिफारिस २४ घण्टाभित्र सच्याउन सङ्घर्ष समितिले अल्टिमेटम दिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबीच स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सकहरूको निर्वाह भत्ताका विषयमा गरेको सहमतिप्रति उनीहरू आक्रोशित बनेका हुन्।

सम्पूर्ण इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सरकारी सरह कायम गर्न र सम्पूर्ण पीजी कार्यक्रम पूर्णतया शुल्करहित र बोन्डरहित बनाउन अन्तिम चेतावनी दिएको समितिले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

विगतमा गरेको सम्झौता विपरीत अन्य कुनै निर्णय गरेमा आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने समेत चेतावनी समितिले दिएको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेल र शिक्षा मन्त्री विद्या भट्टराईबीच भएको सहमति अनुसार आवासीय चिकित्सकहरूको निर्वाह भत्ता पहिलो वर्ष न्यूनतम २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो ३५ हजार रुपैयाँका दरले मासिक दिनुपर्ने उल्लेख छ।

समाचार शेयर गर्नुहोस्
537
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.