एजेन्सी : अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्ध बिरामकालागि सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि सहमत भएको जानकारी दिए।
संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको ट्रम्पले लेखे।
भारत र पाकिस्तानले पनि युद्धबिरामकालागि आफूहरू राजी भएको पुष्टि गरेका छन्। भारतीय विदेश सचिव विक्रम मिस्रीले भारत र पाकिस्तान दुवै देशले स्थानीय समयानुसार शनिवार साँझ ५ बजेदेखि लागु हुने गरी स्थल, हवाई र समुद्री हमला रोकेको जानकारी दिए।
दुवै पक्षले एक अर्कामाथि हमला नगर्ने भनेका छन्। दुवै देशमा जनजीवन सामान्य बन्दै गएको छ। अवरुद्ध हवाई उडानहरू सुचारु भएका छन्। व्यापार व्यवसाय खुल्न थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
भारत र पाकिस्तानको सीमा नाकाका नागरिकहरूले युद्धबिरामको खुसीयाली मनाएका छन्। उनीहरूले एक आपसमा लड्डु बाँड्दै युद्ध अन्त्य भएको उत्सव मनाए।
भारत र पाकिस्तान युद्धबिरामले आफ्नो वैदेशिक नीति राष्ट्रको स्वार्थमा केन्द्रित हुनु पर्ने पाठ सिकाएको परराष्ट्र मामिलाका जानकार अरुणकुमार सुवेदी बताउँछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.