निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवनस्तरबाट समृद्धिको मापन गर्नुपर्छ : प्रधानमन्त्री ओली

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवनस्तरबाट समृद्धिको मापन गर्नुपर्छ : प्रधानमन्त्री ओली

446
SHARES

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको मापन पछाडि पारिएका वर्गको जीवनस्तरबाट गर्नुपर्ने बताएका छन्। संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले समाजमा आफूलाई “तल परेको“ ठान्ने वर्गहरूमार्फत समृद्धिको मापन गर्नुपर्ने उल्लेख गरे।

“पछाडि परेका वर्ग, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक – जसले आफूलाई तल परेको ठान्छ, उनीहरूको जीवनस्तरबाट समृद्धिको मापन गर्नुपर्छ,“ प्रधानमन्त्री ओलीले भने, “माथि रहेका र अवसरको उपभोग गरिरहेका वर्गलाई आधार बनाउने होइन।“

उनले सांसदहरूले उठाएका विषयहरू आगामी जेठ १५ गते संसदमा पेस गरिने वार्षिक बजेट वक्तव्यमा समेटिने विश्वास व्यक्त गरे। नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई संक्षिप्त र साङ्केतिक रूपमा समेटेको प्रधानमन्त्री ओलीको दाबी छ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख १९ गते संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा ’लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ शब्द नै समावेश नगरिएको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई) अधिकारका लागि क्रियाशील मायाको पहिचान नेपालले आपत्ति जनाएको थियो।

संस्थाका कार्यकारी निर्देशक एवं संविधानसभा सदस्य सुनिलबाबु पन्तले विज्ञप्ति जारी गर्दै अघिल्ला सरकारले टोकनवादकै रूपमा भए पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समेट्थे, तर अहिलेको ओली नेतृत्वको सरकारले त्यो परम्परा नै तोडेको उल्लेख गरेका थिए।

उनले नीति तथा कार्यक्रम तुरुन्त संशोधन गर्न, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई प्राथमिकता दिन, संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार दायित्व पालना गर्न र नेपालको अग्रगामी छवि जोगाउन आग्रह गरेका थिए।

सरकारको नीति तथा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय बहिष्कृत

समाचार शेयर गर्नुहोस्
446
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.