नेपालको राजनीतिमा नेपाली काङ्ग्रेस पार्टीको ऐतिहासिक महत्त्व छ। बि.पी. कोइरालाको समयदेखि नै नेपाली काँग्रेसले नेपाली समाज र राजनीतिमा धेरै प्रभाव पारेको थियो। त्यसको इतिहासमा जहाँ ठुलो सङ्घर्ष र प्रगति छ, त्यहाँ पार्टीको कमजोर पक्ष र विवाद पनि कम थिएन। गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा काँग्रेसीहरूले थुप्रै उतारचढावहरू देखे। गिरिजा बाबुसँगै काङ्ग्रेसको शासनकालमा केही विवादित घोटालाहरू पनि सामेल भए।
तर, आजको काङ्ग्रेस पार्टीको हालत त्यसतर्फ फर्किएको छ, जहाँ यो पार्टी महत्त्वपूर्ण मुद्दाहरूमा अस्पष्ट र निराशाजनक देखिन्छ। काङ्ग्रेसका नेताहरूका बीचका विवाद, पार्टीको वर्तमान स्थिति, फैलिँदो भ्रष्टाचार, मानव तस्कर देखि हत्याका आरोप र यसको भविष्यका सम्भावना मिलाउँछ त नेतृत्वले?
काङ्ग्रेसमा गिरिजा बाबुको योगदान
नेपालको राजनीतिक परिप्रेक्ष्यमा, काङ्ग्रेस पार्टीको भूमिका र गिरिजा बाबुको योगदानको चर्चा गर्दा एक इतिहासको खाका देख्न पाइन्छ। बि.पी. कोइराला र गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले नेपालका समग्र राजनीतिक संरचनामा ठुलो परिवर्तन ल्याएको थियो। विशेषगरी, १९९० को जनआन्दोलन पछि नेपाली काँग्रेसको प्रतिष्ठा उच्च स्थानमा थियो।
तर, गिरिजा बाबु पछि काङ्ग्रेस पार्टीका नेतृत्वको स्थानमा नकारात्मकताका साथै पार्टीका आन्तरिक विवादहरूले गहिरो असर पारेको छ। धेरै वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका गिरिजा बाबु आफैले काङ्ग्रेसलाई एकताबद्ध गर्न निकै कसरत गरेका थिए, तर यसपछि काङ्ग्रेसभित्रको आन्तरिक द्वन्द्वले यो पार्टीलाई अस्थिर बनाइदिएको छ।
अहिले काङ्ग्रेसको कस्तो स्थिति छ?
आजको काङ्ग्रेस, जो एक समय सशक्त र आत्मविश्वासी पार्टीको रूपमा थियो, अब ढल्किरहेको छ। पार्टीका नेता र कार्यकर्ताहरू बीचका गहिरा मतभेद र व्यक्तित्व सङ्घर्षले काङ्ग्रेसलाई कमजोरीमा पारेर पार्टीको छवि गुमाउँदै लगेको छ। एक पक्षीय नेतृत्व र पार्टीका निर्णयहरूको अस्वीकृति, कतिपय अवसरमा गैरजिम्मेवार प्रवृत्तिहरू पार्टीको गिरावटका प्रमुख कारण बनिएका सर्वोच्च अदालतका निर्णय, गम्भीर घोटालाहरू, र थुप्रै आन्तरिक विवादहरूले काङ्ग्रेस पार्टीलाई गहिरो सङ्कटमा पुर्याएको छ। यस पार्टीका अनेकानेक नेताहरूको विवाद र भ्रष्टाचारको आरोपले पार्टीको विश्वसनीयता घटाएको छ। यससँगै पार्टीका सदस्यहरूले आफ्नै पार्टीका अन्य नेताहरूको आलोचना गर्न थालेका छन्, जसले काङ्ग्रेसलाई थप असहज बनाएको छ।
पार्टी सभापति शेर बहादुर देउवा वर्तमानमा पार्टीका सबैभन्दा प्रभावशाली नेता हुन्। यद्यपि, पार्टीको नेतृत्वमा देउवा र उनका नजिकका व्यक्तिहरूको अत्यधिक प्रभावले काङ्ग्रेसमा आन्तरिक मतभेदको स्थिति सिर्जना गरेको छ। पार्टीका आन्तरिक विवादहरूले पार्टीलाई आक्रान्त गरेको छ।
आजका दिनमा, देउवा र उनकी पत्नी आरजु देउवा पार्टीको नेतृत्वमा हाबी रहेका छन्। आरजु देउवा, जसको नेपाल सरकारमा परराष्ट्र मन्त्रीको पद छ, पार्टीका आन्तरिक निर्णयहरूमा प्रमुख हस्तक्षेप गर्ने गरेको आरोप लाग्दछ। यसले काङ्ग्रेस पार्टीमा नेतृत्वको एकाधिकार र पारिवारिक हाबीको आरोपलाई अझ सशक्त बनाएको छ।
काङ्ग्रेसका अन्य नेताहरूलाई यस स्थितिमा अरू कुनै विकल्प छैन भन्ने स्थितिमा डुबेको देखिन्छ। यद्यपि, पार्टीका आन्तरिक विवादका कारण काङ्ग्रेसको रणनीतिक निर्णय र भविष्य अझै अन्धकारमा छ।
लाउडा, एनसेल, नक्कली भुटानी शरणार्थी, जस्ता ठुला काण्डहरू हन भने रविको पछि सदन र सडकमा गगनहरू कुद्नु अर्को महा भुल थियो। हुँदा हुँदा संसद्को सार्वजनिक लेखा समितिले नक्कली भुटानी शरणार्थी प्रकरणमा सङ्गठित ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा खेपिरहेका काँग्रेस नेता बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता छानबिनको जिम्मेवारी दिएको छ। सत्तारूढ काँग्रेस र एमालेको समझदारीअनुसार उनलाई छानबिन उपसमितिको संयोजक बनाइएको हो । जबकि, मञ्जु आफैँ प्रहरीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मको छानबिन दायरामा छिन्। यस र यस्ता घटना नै नै यो पार्टीको अधोगति मुख्य कारक हो।
हालै आएको गृहमन्त्रीको काण्डलाई काङ्ग्रेसले कसरी हेर्छ कि सदनमा प्रमाण जुटाइदिऊ भन्दै चर्को बोल्छ या आफ्ना नेतालाई राजीनामा गराएर अनुसन्धानमा सहयोग गर्छ? यसले पनि काँग्रेसको अझ धोली खुस्कने या कसिनेमा निर्धारण गर्छ! काँग्रेसले निष्पक्ष छानबिन त परै जाओस्, लेखक निर्दोष छन् छानबिन त के नैतिकताको आधारमा राजीनामा समेत पर्दैन र छानबिनको आवश्यकता छैन भन्नु इतिहासकै हास्य र लज्जास्पद अभिव्यक्ति हुन। के अब पाटीले खाँण, लेखक, अफताफ लगायतका कर्मठ र असल छविका नेता भन्दै आगामी अधिवेशनमा उचित स्थान दिन्छ?
काङ्ग्रेसका युवा नेताहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा काङ्ग्रेस पार्टीका लागि आशाको किरण मानेका थिए। उनीहरूले आफूलाई नेतृत्वका लागि उपयुक्त दाबेदारका रूपमा प्रस्तुत गरेका थिए र पार्टीका युवा जनतासँगको संवादलाई सशक्त बनाउने प्रयास गरेका थिए।
तर, गगन कुमार थापा र विश्वप्रकाश शर्मा अहिले सम्म आफ्नो नेतृत्व क्षमताको ठोस प्रमाण प्रस्तुत गर्न सकेका छैनन्। उनीहरूको कुरा र गतिविधिहरूका बीचमा एक ठुलो फरक देखिन्छ। विपक्षी दलका समयमै तिनीहरूले कडा आलोचना र सङ्घर्षको शंखनाद गरेका थिए, तर अहिले सत्ता पक्षमा रहेका बेला उनीहरूको आवाज ठिकैसँग सुनिनु छैन।
गगन र विश्वप्रकाशका नेतृत्वमा पार्टीले ठोस निर्णय लिनका लागि आवश्यक गति र मजबूती खोइ कस्तो अवस्था देखाएको छ। यी नेताहरूका गतिविधिहरूलाई जसरी पार्टीले दबाएर राखेको छ, त्यसले युवा नेतृत्वको भविष्यलाई थप अन्धकार बनाएको छ।यो बेला सडक र सामाजिक सञ्जालमा महामन्त्रीहरूलाई खोजी मात्र होइन उछितो काट्नेको पनि सङ्ख्या बढ्दो छ। यती हुँदा लेखक त लाज नै पचाएर कुर्सीमा टासी रहन्छन् नै तर नैतिकबान र उदाहरणीय बनेर के गगन, विश्वले पाटीको महामन्त्री पदबाट राजीनामा गरेर युवामा एक किसिमको आस दिन्छन्?
खामोस नेता र पार्टीको अवनति
आज काङ्ग्रेस पार्टीका धेरै नेताहरू चुप छन्। केही वरिष्ठ नेताहरू जसका विचार र दृष्टिकोण पहिले प्रभावशाली थिए, अब उनीहरूको मौनता पार्टीको असमर्थताको प्रत्यक्ष प्रमाण हो। वरिष्ठ नेता जस्तै शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, र सुजाता, इत्यादिको नेतृत्वमा काङ्ग्रेसले प्रगति गर्न सकेको छैन। यसको कारण त्यस्ता नेताहरूले अझै काङ्ग्रेस पार्टीका वास्तविक मुद्दामा ध्यान दिनु पर्ने आवश्यकता महसुस गर्नुभएन।
यो पार्टीका आगामी नेता र कार्यकर्ताहरूको लागि गम्भीर चुनौती हो। पार्टीका नेतृत्वको क्रियाशीलता र पार्टीको अन्तर्निहित विवादको असमर्थता, यो स्थितिलाई बुझेर अघि बढ्नका लागि युवा नेता र कार्यकर्ताहरूसँग सही नेतृत्वको आवश्यकता छ।
काङ्ग्रेसको भविष्य
नेपालको राजनीतिक परिप्रेक्ष्यमा, काङ्ग्रेसको भविष्य भने अझै अनिश्चित छ। पार्टीको संरचना र आन्तरिक विवादहरूको समाधान गर्दा यो पार्टी फेरि प्रगति गर्न सक्छ। काङ्ग्रेसलाई असल नेतृत्व र रणनीतिक दृष्टिकोणको खाँचो छ। यदि पार्टीले सही नेतृत्वलाई पुनर्स्थापित गर्न सक्यो भने, यसले नेपाली राजनीतिमा पुनः आफ्नो सशक्त उपस्थिति दर्ज गर्न सक्छ।
नेपालको राजनीतिक परिप्रेक्ष्यमा काङ्ग्रेसको भविष्य निर्भर गर्दछ कि पार्टीले आफैँलाई सुधार गर्न सक्छ कि सक्दैन। अहिलेका युवा नेता र कार्यकर्ताहरूको नेतृत्व मञ्चमा उभिनु र काङ्ग्रेसको छवि पुनः निर्माण गर्नु महत्त्वपूर्ण चुनौती बन्ने छ।
काङ्ग्रेसको वर्तमान स्थिति विवाद र अवनतिको मिश्रण हो। गिरिजा बाबु पछि पार्टीका नेतृत्वमा रहेका आन्तरिक सङ्घर्ष र विभिन्न विवादहरूले यो पार्टीलाई कमजोर बनाइदिएको छ। काङ्ग्रेसको भविष्य भने अहिलेको युवा नेतृत्व र पार्टीका वरिष्ठ नेताहरूको निर्णय र एकता र इच्छाशक्तिको आधारमा निर्भर रहने छ।
यदि काङ्ग्रेसले यस सङ्कटबाट बाहिर निस्कन सफल हुन्छ भने, यसले नेपाली राजनीति मा पुनः एक महत्त्वपूर्ण स्थान बनाउन सक्छ।हु। त भरखरै द प्रकाश सुवेदी सो हेरे पछि थाहा पाएँ डा. सुनिल शर्मा जस्ता हस्ती पनि यिनै पार्टीको संसद् रहेछन्, आज बि. पी. थिए भने यिनलाई मनबाटै स्याबासी दिन्थे होला, तर हालको काङ्ग्रेसले के यी या यस्ता व्यक्तिलाई पाटीमा स्थान दिन्छ त?
(थापा एक स्वतन्त्र लेखक हुन, उनी कुनै पार्टीमा आबद्ध छैनन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.