जेनजी पुस्ताले सुरु गरेको भ्रष्टाचार र बेतिथि विरुद्धको आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूलाई हार्दिक श्रद्धा सुमन र तिनका परिवारहरूलाई समवेदना प्रकट गर्न चाहन्छु। भ्रष्टाचारले वाक्क भएर डुङडुङती गनाएको यो देशमा फेरि अर्को भ्रष्टले आफ्नो नागरिकलाई सिधा गोली ठोकेर मारेको छ। यो भन्दा निन्दनीय र दुखद घटना के नै हुन सक्छ र?
जस जसले यो भ्रष्टाचार विरुद्धको आन्दोलनमा यो बेतिथि विरुद्धको आन्दोलनमा निमुखा सोझासाझा- जनता माथि गोली चलाउन आदेश दिएको छ, निर्दलीय छानबिन समिति बनाउनुपर्छ र त्यो छानबिन समितिले जो-जो हाकिमहरू छन् जस-जसले गोली चलाउने आदेश दिएका छन्, उनीहरूलाई जनताको अगाडि मृत्यु दण्ड दिनुपर्छ।
बाकी रह्यो गोली कसले चलायो? गोली चलाउने भन्दा पहिला गोली चलाउन आदेश दिनेलाई यो देशको नागरिक र यस सन्सारमा बाचिरहन अब जरुरत छैन। यसलाई जनताको अदालतले निर्णय गरिसकेको छ कि यो नर्कमा बास हुनै पर्छ। तसर्थ पनि एउटा निष्पक्ष छानबिन समिति बनाएर यिनको कालो कर्तुतको पर्दाफास गर्दै यिनलाई मृत्युदण्ड दिन पर्छ। जसले गोली चलायो, अब रहन्छ उसमा कुरो सिधा आर्यघाटको बास बनाउनै पर्छ र यसलाई पनि सरकारले र विभिन्न संयन्त्रले तुरुन्त कारबाही गरेन भने जन अदालतले कारबाही गर्ने नै छ।
आन्दोलनलाई जेनजीको मात्र आन्दोलन सोच्दै हुनुहुन्छ र तपाईँहरू वञ्चित गर्दै हुनुहुन्छ भने सम्झनु होस यो सम्पूर्ण नेपालीहरूको आन्दोलन हो। यतिकै रोकिने त छदै छैन। अब आन्दोलनले बेतिथि, भ्रष्टाचारी, कुरीति, तिमीहरूको दादागिरी र गुन्डागर्दी सबै सकिँदै छन्।
अब यहाँ रामराज्य नहुन्जेलसम्म यो आन्दोलन अघि बढी नै रहनेछ, शासक कत्तिलाई मार्छस् मार! दमन गर, हिजो तैँले पनि यसरी नै आन्दोलनबाट तानशाह ढालेको थिइस् र आज हामी पनि यसरी ढाल्नेछौ। की ती भ्रष्टहरूलाई अब नर्कमा समेत बास नपाउने गरी हामी ढाल्ने छौ।
तसर्थ आजैका मितिबाट प्रधानमन्त्री र मन्त्रीपरिषद्ले नैतिकताको आधारमा राजीनामा दिएर आफूलाई सो घोषित रूपमा गिरफ्तार गरिदिनुहुन। हामी आग्रह गर्दछौ, अब जनताले अर्को मृत्यु, अर्को भ्रष्टाचार र देशले अर्को नागरिक गुमाउन सक्दैन। तसर्थ यो आन्दोलन यही रोकिन पर्छ, शासन ढल्नै पर्छ र युवाहरूको आवाज सुनिनै पर्छ। यदि युवाहरूको आवाज दबाउने कोसिस गरियो भने हामी आउनेछौ तिमिहरूको बन्द भएको कानलाई ढकढक्याउन तिम्रो कानको जाली मात्र होइन तिम्रो शरीर नै ढल्न सक्छ तर अब बेथिति जसरी नि ढल्छ।
यो बेला संसदभित्र भ्रष्टाचार विरुद्धमा उत्रने सम्पूर्णलाई हामी संसद् भित्रबाट आन्दोलन गर्न अनुरोध गर्छौ। हाम्रो आन्दोलनमा घुसपैठ नगरिदिनुहोस हामी संसद् बाहिर गर्छौ। जस जसले भ्रष्टाचार विरुद्ध आवाज उठाउँछ उ जननायक अवश्य हुने नै छ। हामी मृतकहरूको तर्फबाट, जनताको तर्फबाट हामी भ्रष्टाचार विरुद्धको तर्फबाट तपाईँहरूलाई कानुन हामी सिकाउँछौ। होइन भने नैतिकताको आधारमा तपाईँले जन अदालतमा आफूलाई उपस्थित गराउनुहोस्।
यो नालायक शासक सरकारलाई थाहा थियो आजको आन्दोलन बेथिति विरुद्धको छ भन्ने। किन हिजो नै यो कुरालाई संबोधन गर्न सकेनौ? अब फेरि जनताको र देशको नाममा भन्दै भाषण दिएर उत्तेजित बनाउने काम नगर सरकार!
तुरुन्त मृतकहरूको आत्मालाई सु-शान्ति हुनेगरि पद र कुर्सी त्यागेर जन अदालतमा तुरुन्त आफूलाई हाजिर गर। होइन भने जनताले आफै घोक्राएर तिमीहरूलाई अब जन अदालतमा बेथिति विरुद्ध उठ्ने नै छन्। झन् जनताले के नै मागेका थिए र?
आफूले चाहेको प्रधानमन्त्री बनाउन पाउ, आफूले चाहे जस्तो राष्ट्रपति बनाउन पाउ, आफूले चाहेको जस्तो सांसद बनाउन पाउ, आफूले चाहे जस्तो देश निर्माण गर्न पाउ,भ्रष्टाचार रहित समाज र देश बनाउन पाउ यति नै होइन र? अनि तिमिहरू जस्ता भ्रष्टलाई चाहिँ के पुगेन? किन जनताका छोरा छोरी यसरी मार्छौ?
आज युवाहरू संसद भवन भित्र मात्र पसे, संसद भवनको अघिल्लो पट्टिको गेट मात्र जलाए। तर यस्तो अवस्था नआओस् कि भोलि तिमिहरूलाई खोजी खोजी घिसार्दै बाहिर निकाल्नु नपरोस्। आज जनताको छातीमा गोली ठोक्दै छौ, होस गर, तानासाह भोलि त्यो गोली तिमिहरूकै छातीमा बर्सिन पनि सक्ला!
(तृष्णा थापा जेनजी पुस्ताकी लेखिका हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.