नीति तथा कार्यक्रममा धमाधम संशोधन दर्ता

नीति तथा कार्यक्रममा धमाधम संशोधन दर्ता

55
SHARES

काठमाडौं – सरकारले सङ्घीय संसद् सचिवालयमा पेस गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले संशोधनको सूचना दर्ता गरेका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि हालसम्म २० वटा संशोधनको सूचना दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३८ को उपनियम (२) बमोजिम संशोधन सूचना दर्ता गर्न मङ्गलवार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको थियो। संसद् सचिवालयका अनुसार दिउँसो १ बजेसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले संशोधनको सूचना दर्ता गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले संशोधनको सूचना लगेका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने संशोधनको सूचना दर्ता गरेका छैनन्।

नीति तथा कार्यक्रममा ‘यौनिक अल्पसंख्यक’ मात्रै, ‘लैङ्गिक’ गायब

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले विभिन्न विषयमा संशोधन दर्ता गरिरहेका बेला लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसँग सम्बन्धित शब्दावली र मुद्दा नीति तथा कार्यक्रमबाट गायब भएको विषय पनि चर्चामा आएको छ।

नीति तथा कार्यक्रममा लैङ्गिक शब्द नै उल्लेख नगरिएको विषयमा सत्तारुढ दलका अधिकांश सांसद भने हालसम्म सार्वजनिक रूपमा मौन देखिएका छन्। विपक्षी दलहरूले समावेशिता, समानता र संवैधानिक अधिकारसँग जोडिएका विषय समेटिनुपर्ने माग राखिरहेका बेला सत्तापक्षबाट भने यसबारे स्पष्ट धारणा सार्वजनिक भएको छैन।

बुधवार नै सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

समाचार शेयर गर्नुहोस्
55
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.