भुटानी शरणार्थीलाई बिचल्लीमा नपार्न हर्कले गराए ध्यानाकर्षण

भुटानी शरणार्थीलाई बिचल्लीमा नपार्न हर्कले गराए ध्यानाकर्षण

74
SHARES

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईले भुटानी शरणार्थीहरूको बिचल्लीप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भुटानी शरणार्थीलाई कि स्वदेश फर्काउने पहल गर्नुपर्ने, होइन भने तेस्रो देशमा पुनर्वास भएका परिवारका सदस्यहरूसँग परिवार मिलन गराउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दशकौँदेखि भुटानी शरणार्थीका रूपमा बाँच्नुपरेको पीडाबारे चर्चा गरे। उनले भने, “हामी देशको कुरा गरिरहेका छौँ। हामी सबैलाई देश चाहिने रहेछ। देश सबैको प्यारो रहेछ, देशबिना बाँच्न नसकिने रहेछ। तर, यस्ता मानिसहरू पनि हाम्रो देशभित्र छन्, जो भुटानी शरणार्थी भनेर दशकौँ पहिलादेखि बाँचिरहनुभएको छ।”

राईले शरणार्थीहरूको माग प्रस्तुत गर्दै भने, “कि स्वदेश फर्काउने पहल गर्नुपर्‍यो, होइन भने हाम्रा परिवारका सदस्यहरू अरू राष्ट्रतिर पठाइएका छन्, परिवार मिलनका लागि उता हामीलाई पनि पठाइदिनुपर्‍यो भन्ने उहाँहरूको माग छ।” उनले यसतर्फ नेपाल सरकार र सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए।

उनले देश र सीमाको विषयमा भइरहेको बहसतर्फ सङ्केत गर्दै भने, “हामी आफ्नो सिमानाको बारेमा बहस गरिरहेका छौँ। हाम्रो आफ्नो देश छ, सानै भए पनि, ठुलै भए पनि हाम्रो देश छ। त्यसैले हामी सगौरव बाँचिरहेका छौँ। तर त्यस्ता मानिसहरू पनि छन्, जो आफ्नो राष्ट्र र देशदेखि विभिन्न कालखण्डमा विभिन्न कारणले टाढा भएर शरणार्थीका रूपमा बाँच्न बाध्य छन्। ती मानिसहरूको लागि पनि सोच्नुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु।”

अस्तित्वहरूको न्यायिक सम्बोधन कहिले, सरकार?

रास्वपा सभापति लामिछानेको हातमा भूटानी शरणार्थी चौहानको अपिलपत्र

समाचार शेयर गर्नुहोस्
74
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.