भारतीय अभिनेता संजय दत्तलाई आत्मसमर्पण गर्न समय थप

भारतीय अभिनेता संजय दत्तलाई आत्मसमर्पण गर्न समय थप

  • बुधबार, बैशाख ४ २०७०

बैशाख ४ – भारतीय सर्वोच्च अदालतले अभिनेता संजय दत्तलाई आत्मसमर्पण गर्न एक महिनाको समय थप गरेको छ । सन् १९९३ मा मुम्बईमा भएको बम आक्रमणमा प्रयोग भएका हतियार राखेकोमा दोषी ठहर दत्तलाई यसअघि अप्रिल १८ सम्म आत्मसमर्पण गर्न समय दिइएको थियो ।

दत्तले सात वटा चलचित्रको सुटिङ पूरा गर्न ६ महिनाको समय माग गर्दै अदालतमा अपिल गरेपनि अदालतले भोलीदेखि लागू हुनेगरि अन्तिम पटक ४ हप्ताको समय दिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

अवैध हतियार राखेको आरोप प्रमाणीत भएपछि गएको मार्च २१ तारिखमा भारतीय सर्वोच्च अदालतले दत्तलाई ५ वर्षको जेल सजायँ सुनाएको थियो ।

यसअघि डेढ वर्षको जेल सजाँय पूरा गरिसकेका दत्तले अब साढे ३ वर्षको जेल सजायँ पूरा गर्न बाँकी छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading