समलिंगी तेश्रोलिंगीलाई निशुल्क शिक्षाको व्यवस्था गर्न आग्रह

समलिंगी तेश्रोलिंगीलाई निशुल्क शिक्षाको व्यवस्था गर्न आग्रह

  • आइतबार, असार १६ २०७०

काठमाडौं (पहिचान) असार १६ -यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघको विद्यार्थी मञ्च नेपालले भक्ती शाहको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न मञ्चको साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको नव निर्वाचन अध्यक्ष शाहले जानकारी दिए ।
मंचको उपाध्यक्षमा ज्योती थापा, सचिवमा दुर्गा थापा, कोषाध्यक्षमा भूमिका श्रेष्ठ चयन भएका छन् । यस्तै बिष्णु अधिकारी, स्वस्तिका लामा, सिम्रन शेरचन, अर्जुन कुमार बस्नेत र अपेक्षा दाहाल कार्य समिति सदस्यमा चुनिएका छन् ।
नवनिर्वाचित अध्यक्ष शाहले आफ्नो कार्यकालमा समलिगंी तेस्रोलिगंी समुदायको शिक्षा प्राप्तीको अधिकारका लागी सक्दो पहल गरिने प्रतिकृया दिए । सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै मञ्च अघि बढ्न चाहेको बताउदै उनले त्यसमा सबैको सहयोग रहने अपेक्षा गरे ।
अध्यक्ष शाहले राज्यले ससमलिगंी तेस्रोलिगंी समुदायलाई निशूल्क शिक्षाको व्यवस्था गर्नु पर्नेमा जोड दिदै त्यसका लागी मञ्चले शिक्षा मन्त्रालयसँग आग्रह गर्ने बताए । आर्थिक अभावमा समलिगंी तेस्रोलिगंी समुदाय शिक्षा लिनबाट वञ्चित भएको उनको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading