एचाआइची संक्रमितको क्षेत्रमा काम गर्ने समलिंगी तेश्रोलिंगी तलव विहिन

एचाआइची संक्रमितको क्षेत्रमा काम गर्ने समलिंगी तेश्रोलिंगी तलव विहिन

  • आइतबार, असार १६ २०७०

विपना पनेरु/पोखरा (पहिचान) असार १६ – समलिंगी तेश्रोलिंगीले राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले सम्झौता अनुसारको रकम निकासा नगर्दा आफूहरु समस्यामा परेको बताएका छन् । परिवर्तन नेपाल पोखराले गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विन्दिया गौतमले दश महिनादेखि बजेट निकासा नगदाए समलिंगी तेश्रोलिंगीको विचल्ली हुन लागेको बताइन ।

केन्द्रले नौ महिनासम्म सम्झौता अनुसारको रकम निकासा गरेको छैन, गौतमले भनिन ः दैनिक कार्यालय संचालन साथै जीविकोपार्जन गर्न कठिन भयो । काम लगाउने तर पैसा नदिने राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको पूर्वाग्रही सोचले आफूहरु मर्नु या बाच्नुको अवस्थामा पुगेको पत्रकार सम्मेलनमा सहभागीहरुको भनाई थियो । परिवर्तन नेपाल पोखराका अध्यक्ष रुपेश थापा मगरले मासिक घर भाडा दिन नसक्दा घरवेटीले निकाल्ने धम्की दिने गरेको वताए ।

तत्कालै वजेट निकासा गर्न राज्यले ध्यान दिनु पर्ने उनको भनाई छ । एचाआइभी संक्रमित समलिंगी तेश्रोलिंगीको क्षेत्रमा काम गर्न विश्व बैंकले राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रमा रकम पठाएपनि एचआइभी संक्रमितको क्षेत्रमा काम गर्ने समलिंगी तेश्रोलिंगीले काम गरेको पैसा नपाउँदा समस्या परेको अध्यक्ष थापा मगरले बताए ।
समलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजका अनुसार नेपालमा झण्डै ५ लाखको हाराहारीमा समलिंगी तेश्रोलिंगी खुलेर आएका छन् ति मध्ये कास्की जिल्लामा मात्रै ४ हजारको संख्यामा समलिंगी तेश्रोलिंगी रहेको अनुमान छ । सामजिक तथा अन्य कारणले समलिंगी तेश्रोलिंगी खुलेर समाजमा आउन नसकेको परिवर्तन नेपाल पोखराकी संयोजक विन्दिया गौतमले जनाकारी दिईन् ।
समाजले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआउँदा समलिंगी तेश्रोलिंगी खुलेर आउने वातावरण नभएको पत्रकार सम्मेलनमा सहभागीहरुले बताए । नील हिरा समाजका देशभरका ५३ वटा शहरमा झण्डै ७ सय ५० कर्मचारी कार्यरत रहदै आएका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले रकम निकासा नगर्दा एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएका ३ सय ५० जना समलिंगी तेश्रोलिंगीले १० महिनादेखि तलव नपाएको नौलो विहानीका कार्यक्रम अधिकृत राजु थकालीले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.