खोइ त मलाई अधिकार नयाँ नेपालमा एल्वम बजारमा

खोइ त मलाई अधिकार नयाँ नेपालमा एल्वम बजारमा

  • बुधबार, साउन १६ २०७०

काठमाडौं ( पहिचान ) साउन १६ समलिंगी तेश्रोलिंगीको कथा व्यथा र अधिकार प्राप्तीमा आधारित गिती एल्वम बजारमा आएको छ । तेश्रोलिंगी कलाकार श्याम राना (समिक्षा) को शव्द र स्वरमा गिती एल्वम बजारमा आएको हो । नेपालमा समलिंगी तेश्रोलिंगीको कथा व्यथा र अधिकारबारे गिती एल्वम बजारमा आएको यो नै पहिलो हो ।
घर, परिवार, समाज र राज्यबाट अधिकार विहिन हुनुपर्दाको पीडा व्यक्त गरिएको गिती एल्वमको समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलबाबु पन्तले विमोचन गर्नुभयो । खोइ त मलाई अधिकार नयाँ नेपालमा नाम राखिएको एल्वमको विमोचन गर्दै अभियन्ता पन्तले अव पनि दविएर नबस्न सबै समलिंगी तेश्रोलिंगीलाई आग्रह गर्नुभयो ।
तिजको अवसर पारेर श्याम राना (समिक्षा)ले आफ्नै समूदायको कथा व्यथा र अधिकारबारे निकालेको यो पहिलो गिती एल्वम हो । यसअघि समलिंगी तेश्रोलिंगी केन्द्रीत नभएका श्यामका गिती एल्वम बजारमा आइसकेका छन् ।
समलिंगी तेश्रोलिंगी समूदायको संस्था नील हिरा समाजले गीतबाट आफ्ना समूदायका पीडा व्यक्त गर्ने अवसर पाएकोमा कलाकार श्याम राना ( समिक्षा)लाई धन्यवाद दिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading