महिलाको नागरिकता लिने तेस्रोलिंगी अञ्जलीको भनाई व्यक्तिगत

महिलाको नागरिकता लिने तेस्रोलिंगी अञ्जलीको भनाई व्यक्तिगत

  • शुक्रबार, असोज ३ २०७१

काठमाडौं (पहिचान) असोज ३ – न पोइल जान सक्ने र न बुहारी ल्याउन सक्ने । नुवाकोटका तेस्रोलिंगी अञ्जलीका परिवारले व्यक्त गरेको भनाईले केहीबेर सबैलाई अचम्वित बनायो । काठमाडौंको कुमारी हलमा प्रर्दशन भएको अञ्जलीको जीवन कथामा आधारित वृतचित्रमा व्यक्त यो भनाई अहिलेसम्म समलिंगी विवाहलाई मान्यता दिने कानुन नबन्दा आएको हो । महिला र पुरुष जस्तै महिला महिला र पुरुष पुरुषबीच पनि विवाह हुने कानुन बनेको भए सायद अञ्जलीको परिवारको यस्तो भनाई आउँदैनथ्यो होला । सर्वोच्च अदालतले २०६४ साल पुष ६ गते समलिंगी विवाहबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने गरी समिति गठन गर्न सरकारलाई दिएको आदेश आजका मितिसम्म कार्यान्वयन नहुनुले यस्ता भनाई आइरहेका छन् ।

नविन कुमार वाइवा अञ्जलीको कक्षा १० मा अध्ययन गर्दा नजिकैको स्वास्थ्य चौकीका डाक्टरसँग उठबस हुन्थ्यो, उनले पहिलो पल्ट ति डाक्टरसँग यौन सम्पर्क राखिन । अञ्जलीले वृतचित्रमा भनेकी छन, म तेस्रोलिंगी भएको डाक्टरले थाहा पाए र म सँग यौन सम्पर्क राखे । पहिलो पटक कस्तो कस्तो लाग्यो, दोश्रो, तेस्रो दिनदेखि रमाइलो अनुभुती भयो । अञ्जलीले भनिन, म केटा मान्छे केटा मान्छेसँगै यौन सन्तुष्टी हुन्थ्यो र हुन्छ । बुबा आमा छोरी जन्माउन चाहन्थे, म छोराको रुपमा जन्मे अञ्जलीले भनिन, म तेस्रोलिंगी महिलानै हुन चाहन्छु । उनले शल्यक्रिया गरेर महिला हुने र महिलाकै नागरिकता लिने बताइन ।IMG_20140918_190409004

देशभरका समलिंगी तेस्रोलिंगीले अन्य उल्लेख गरेर नागरिकता पाउन दवाव दिइरहेका वेला अञ्जलीले भने लिंगको महलमा महिला उल्लेख भएको नागरिकता लिने बताइन । अञ्जली आफू तेस्रोलिंगी हुँदा समेत आफ्नै पहिचान के हो भनेर भ्रममा रहिछन् समलिंगी तेस्रोलिंगीले भने शल्यक्रिया गरेर महिला बन्न सकिएपनि पहिचान भनेको तेस्रोलिंगीनै हो र समलिंगी तेस्रोलिंगीले अन्य उल्लेख गरेर नागरिकता पाउनु पर्छ । तेस्रोलिंगी भूमिका श्रेष्ठले नागरिकताका विषयमा अञ्जलीले दिएको अभिव्यक्ति उनको व्यक्तिगत भएको बताइन ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले अञ्जलीको भनाईको व्यक्तिगत भएको बताइन । अध्यक्ष गुरुङले अन्य उल्लेख गरेर नागरिकता दिन गृह मन्त्रालयले जारी गरेको परिपत्र सबै जिल्ला प्रशासन कार्यालयहरुले कार्यान्वयन गर्नु पर्ने बताइन । अधिवक्ता एवं नील हिरा समाजका कानुनी सल्लाहकार प्रेम बहादुर थापाले अञ्जलीको भनाई उनको व्यक्तिगत भनाईले अन्य उल्लेख गरेर नागरिकता लिन चाहने समलिंगी तेस्रोलिंगीलाई कुनै असर नगर्ने बताए । अधिवक्ता एवं समाजका अर्का कानुनी सल्लाहकार सुजन पन्तले अञ्जलीको भनाई आफैमा विवादास्पद भएको र यो समलिंगी तेस्रोलिंगीको भनाई नभएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading