समलिंगी उपभोक्तामाथी कानुनमा विभेद : एप्पल प्रमूख

समलिंगी उपभोक्तामाथी कानुनमा विभेद : एप्पल प्रमूख

काठमाडौं (पहिचान) चैत्र २५ – एप्पलका प्रमुख कार्यकारी टिम कुकले अमेरिकी राज्य इन्डियानामा हालै पारित भएको कानुनले समलिंगी उपभोक्ता माथि विभेद गरेको वताएका छन् । गर्भनर माइक पेन्सलाई पत्र लेखेर कुकले समलिंगी उपभोक्तालाई विभेद गरेको कानुनको आलोचना गरेका छन् ।

यो कानुनले कुनै पनि व्यक्तिलाई आफनो धर्मको अभ्यास गर्नबाट रोक्नेछ भन्दै आफु इन्डियानाको नयाँ कानुनबाट निराश भएको कुकले बताए । गत अक्टुबरमा कुकले सार्वजनिक रुपमै आफु समलिंगी भएकोमा गर्भ महसुस गरेको बताएका थिए ।

यो कानुनलाई रिलिजियस फ्रिडम रेस्टोरेसन एक्टको नामले चिनिदै आएको छ । अन्य प्रविधि कम्पनिले पनि यो कानुनको चर्को आलोचना गर्दै आएका थिए भने अमेरिकी नागरिक अधिकारका अभियान्ताले पनि यो कानुनकोे बिरोध गरेका छन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.