रुविना सरगमको गजल

रुविना सरगमको गजल

  • बिहिबार, माघ ११ २०७४

गजल
पिडा बाट मूल
फुटि,,,बग्ने आँसु देख्छु कतै

आँसु भित्रै
डुबी दुबी,,,उही कथा लेख्छु कतै||

जलाउदा आशाको दिप्,नि
खोज्छ घरीघरी निराशाको आँधी बाट,
जो छेक्छु कतै||

सुस्केरा मै साथ
खोजी,,,बहकिदा गोरेटोमा
बास बस्ने,सहयात्री भेट्छु कतै||

आत्मा पोली जलन हुँदा,छट्पटिन्छु
बेचैनिमा,निर्मल झरना नियालेर,
मनको प्यास मेट्छु कतै||

यात्रा रैछ…यो जिन्दगी,,,बाटो लाग्छु
अनि भिन्न धरातलमा,
काँडा माथी टेक्छु कतै||

रुबिना निल हिरा समाजमा कार्यरत छिन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading