चलाउनै नसक्ने अवस्थामा चिनियाँ जहाजहरू, अब बिक्री गर्ने

चलाउनै नसक्ने अवस्थामा चिनियाँ जहाजहरू, अब बिक्री गर्ने

काठमाडौं : नेपाल वायु सेवा निगमले चिनियाँ जहाजहरू चलाउनै नसक्ने अवस्थामा पुगेपछि बिक्री गर्न लागेको बताएको छ।

निगमले मङ्गलवार प्रेस विज्ञप्ति निकालेर चिनियाँ जहाजहरू ग्राउण्डेड भएको विषयमा संसद्मा समेत कुरा उठेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

निगमसँग रहेका दुई वटा एमए ६० र तीन वटा वाई १२ ई चिनियाँ जहाजहरू बिक्री गर्ने प्रक्रिया अगाडि बढाउन मूल्याङ्कनको प्रक्रिया अन्तिम चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ।

निगमका अनुसार यी जहाजबाट २०७१/०७२ देखि २०७५/७६ सम्म सञ्चालन घाटा ७७ करोड ७४ लाख र कूल घाटा १ अर्ब ९० करोड पुगेको थियो।

अझै सञ्चालनमा राखिरहँदा निगमलाई आर्थिक बोझ थपिने र विभिन्न प्राविधिक कठिनाइ समेत झेल्नु पर्ने भएकाले २०७७ साउन १५ देखि सञ्चालन नगरिएको निगमले जनाएको छ।

जहाजहरूलाई व्यवस्थापन गर्नका लागि तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले गरेको पत्राचार अनुसार अर्थ मन्त्रालयको निर्णय बमोजिम लिजमा दिन वा बिक्री प्रक्रिया अघि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत निर्देशन भएको निगमका प्रवक्ता रमेश पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

मर्मत गरी सञ्चालन गर्न सकिन्छ कि भनेर उपसमिति गठन गरी अध्ययन गरिए पनि पाइलट र पार्टपुर्जाको समेत अभाव भएकाले सञ्चालन प्रक्रिया अघि बढाउन नसकिएको निगमको प्रष्टीकरण छ। त्यसपछि लिजमा दिन दुई पटक सार्वजनिक सूचना आह्वान गर्दा पनि आवेदन नपरेको निगमको दाबी छ।

सम्बन्धित समाचार

गैरजिम्मेवार नियमनकारी निकायका कारण सधैँ सङ्कटमा, ऋणमाथि ऋणको भार

तीन वटा जहाज खरिद गर्दै वायुसेवा निगम

दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन शेरचन निलम्बित

लुम्बिनीबाट मलेसिया र दिल्ली उडानका लागि स्पेसल टाक्स फोर्स गठन

निगमका निर्देशकलाई २४ घण्टे स्पष्टीकरण, क्याप्टेन विजय लामालाई विभागीय कारबाही

नेपाल एयरलाइन्सलाई सोस्ने, विदेशीलाई पोस्ने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading