पूर्वभुटानी शरणार्थी डिल्ली अमेरिकी श्रम कानुन उल्लङ्घनमा दोषी, १५ मिलियन डलर जरिबाना

पूर्वभुटानी शरणार्थी डिल्ली अमेरिकी श्रम कानुन उल्लङ्घनमा दोषी, १५ मिलियन डलर जरिबाना

872
SHARES

एजेन्सी : अमेरिकी संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर भएका छन्। भुटानी नागरिक अधिकारी घरमा काम गर्न राखेका सहयोगीको श्रम शोषण गरेको अभियोगमा दोषी ठहर भएका हुन्।

ओहायोको सङ्घीय अदालतले हेल्थ केयर सर्भिसेजका मालिक अधिकारीलाई श्रम कानुन उल्लङ्घनमा १५ मिलियन (२ अर्ब ८ करोड १२ लाख ५९ हजार ३०० नेपाली रुपैयाँ) डलर ज्याला र क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले काम गर्न तोकेको भन्दा बढी समय (ओभरटाइम) को ज्याला नदिएको अधिकारीमाथि आरोप छ। त्यही आरोपमा उनी जरिवाना तिर्न बाध्य बने। घर हेरचाह सहयोगीहरूलाई ओभरटाइम ज्याला नतिरी अमेरिकी श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा युएस डिपार्टमेन्ट अफ लेबरले कम्पनीलाई नतिरेको ज्याला र क्षतिपूर्तिको रूपमा १५ मिलियन डलर जरिबाना तिर्न आदेश दिँदै संक्षिप्त निर्णय सुनाएको हो।

अधिकारीमाथि ज्याला नदिएको र वर्गीय विभेद गरेको अभियोग लगाइएको थियो। न्यायाधीश एडमन्ड ए सर्गसले श्रम कानुन पालना गर्न अधिकारीले अटेर गरेको आदेशमा उल्लेख गरेका छन्।

२०१९ मा अमेरिकी नीतिहरूमा परिवर्तन भए पनि कम्पनीले काम गरेको घण्टाको आधारमा सहयोगीहरूको घण्टाको दर घटाउने, कम ज्याला दिने, ओभरटाइमको ज्याला नतिरेको अधिकारीमाथि आरोप छ।

अधिकारीले आफ्ना सहयोगीका लागि ओभरटाइम भुक्तानी आवश्यक नभएको भन्दै वकिलहरूबाट कानुनी सल्लाह लिएको तर्क गरेका थिए। तर उनले समर्थन प्रमाण दिन वा वकिलहरूको नाम भन्न सकेनन्। न्यायाधीशले अधिकारीले विवादास्पद कानुनी सल्लाह प्राप्त गरेको हुनसक्ने कुरा स्वीकार गरे।

कम्पनीले अमेरिकी कानुन उल्लङ्घन गरिरहेको थाहा पाउनुपर्ने निष्कर्ष निकाले। र, जरिवाना बुझाउनुपर्ने आदेश दिए। २०१८ मा पेन्सल्भेनिया श्रम विभागले अधिकारीलाई कानुन उल्लङ्घनमा सचेत गराएको थियो। ओभरटाइम ज्याला तिर्न भनेको थियो।

श्रम शोषण गरेर धनाढ्य बनेका पूर्वभुटानी शरणार्थी अधिकारी पटकपटक विवादमा परिरहेका छन्। अधिकारीले नेपालमा गत वर्ष आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ मा दिएको अभिव्यक्ति विवादमा परेको थियो। २०७९ मा अल्ट्रा फाउन्डेसनले गरेको ‘मेरो भ्वाइस कप’ मा ‘हामी त बेचिएका नेपाली पो रहेछौँ’ भनेर विवादमा मुछिएका थिए अधिकारी।

उनै अधिकारीले २ भदौ, २०८० मा ‘सन १९७२ मा नेपालीहरूलाई भुटानका तेस्रो राजाले भुटानमा स्वागत गरेको र चौथो राजाले देशबाट निष्कासन गरेको’अभिव्यक्ति दिएका थिए। जुन अभिव्यक्तिलाई भुटानी शरणार्थीहरूले लज्जास्पद भनेका थिए।

नेपाली भाषी भुटानी नागरिकको इतिहास बङ्ग्याउने अधिकारीको अभिव्यक्तिप्रति आपत्ति जनाएका भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्याललाई धम्की दिएको आरोप लागेको थियो। अध्यक्ष पौड्यालले नेपाल सरकारसँग जीवनरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा निवेदन नै दिएका थिए।

भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्याललाई २३ वर्ष अघि बुढाथोकी हत्या प्रकृतिकै धम्की

समाचार शेयर गर्नुहोस्
872
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.