एचआइभी संक्रमितका नाममा अएको १८ करोड झ्वाम पार्ने प्रयास

एचआइभी संक्रमितका नाममा अएको १८ करोड झ्वाम पार्ने प्रयास

  • बिहिबार, असार ६ २०७०

काठमाण्डौं (पहिचान) असार ६ -राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले सम्झौता अनुसारको रकम नदिएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकले केन्द्रमा धर्ना दिएका छन् । एचाआइभी संक्रमितका लागि कार्यक्रम गर्न विश्व बैंकले रकम दिएपनि स्वास्थ्य मन्त्रालयले १० महिनादेखि रकम निकासा नगरेकोले धर्ना दिएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताउनु भयो । एचआइभी संक्रमित, यौनकर्मी र पूर्व लागू औषध दुव्र्यसनीका लागि विश्व वैंकले दिएको १८ करोड रुपैयाँ केन्द्रका प्रमूख लगायतका कर्मचारीले खान खाजेको उनीहरुको आरोप छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकले केन्द्रको मुल गेटमा धर्ना दिएकाले कर्मचारी गेट बन्द गरेर कार्यालय भित्र तास खेलेर बसेको केन्द्रका सुरक्षागार्डले बताएका छन् । काम छैन । ७ जना कर्मचारी भित्र तास खेलेर बसेका छन् सुरक्षा गार्डले भने ः यहाँ सेवाग्राहीले सेवा पाउन त मुश्किल नै छ । नील हिरा समाजले पटक पटक केन्द्रमा गएर धर्ना दिएपनि केन्द्रका जिम्मेवार पदाधिकारी सधै अनुपश्थित हुने गरेका छन् ।

केन्द्रले लामो समयदेखि रकम निकासा नगर्दा ३ सय ५० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक कर्मचारी तलव विहीन भएका समाजले जनाएको छ । तर अर्थ मन्त्रालयले निकासा नदिएकोले पैसा दिन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.