एचआइभी संक्रमण हुने नदिन कार्यरत समलिंगी तेस्रोलिंगीको सेवा अवधी दुई महिना थप

एचआइभी संक्रमण हुने नदिन कार्यरत समलिंगी तेस्रोलिंगीको सेवा अवधी दुई महिना थप

काठमाडौं (पहिचान) असोज २७ -राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले एचआइभी एड्सको संक्रमण हुन नदिन कार्यरत समलिंगी तेस्रोलिंगीको सेवा अवधी दुई महिना थप्ने सम्झौता गरेको छ । देशका विभिन्न जिल्लामा एचआइभी संक्रमण हुन नदिन चेतना जगाउने, कण्डम लुव्रिकेण्ट वितरण गर्ने र उपचार सेवा समेत दिदै आएका समलिंगी तेस्रोलिंगीको सेवा अवधी दुई महिना थप्ने सम्झौता केन्द्रले गरेको हो । सम्झौता पत्रमा केन्द्रका निर्देशक दीपेन्द्ररमण सिंह र नील हिरा समाजकी अध्यक्ष संजिव गुरुङ पिंकीले हस्ताक्षर गरे । समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमणको उच्च जोखिममा छन् केन्द्रका निर्देशक सिंहको कार्यकक्षमा पुगेका समलिंगी तेस्रोलिंगीले भने, एचआएभी एड्सको जोखिम हुन नदिन सेवालाई निरन्तरता दिइयोस ।

20141013_140755आफूहरुले साउन र भदौ दुई महिना भोकै संक्रमितको सेवा र संक्रमण हुन नदिन कण्डम लुव्रिकेण्ट वितरण गर्नुका साथै जनचेतना जगाउने काम गरेको उनीहरुले वताए । नील हिरा समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले केन्द्रको लिङ्गरिङ गर्ने प्रवृति तत्काल अन्त्य हुनु पर्ने वताए । सम्झौता गर्न आज आउनु भन्ने, भोलि आउनु भन्ने, भोलि आए पर्सी आउनु भन्ने शर्माले प्रश्न गरे, कति झुलाउने हो ? नील हिरा समाजकी अध्यक्ष गुरुङले भइहाल्छ भइहाल्छ भन्दै दुई महिना भोक भोकै काममा लगाउने केन्द्रको नियतले दुखी बनाएको बताइन ।

IMG_20141013_135320194देशभरको सेवा रोक्ने केन्द्रको नियत हो भन्ने प्रश्नमा केन्द्रका निर्देशक सिंहले प्रक्रियामा जादाँ धेरै समय लागेको र सेवा रोक्ने नियत नभएको वताए । सिंहले सेवा रोक्ने नियत नभएको वताएर उम्कन खोजेको भन्दै समलिंगी तेस्रोलिंगीले तत्काल सम्झौता गर्न र काम गरेको पैसा दिन माग गरे ।

समलिंगी तेस्रोलिंगीको दवाव पछि केन्द्र असोज र कार्तिक महिना दुई महिना सेवा निरन्तर गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्न सहमत भएको हो । समलिंगी तेस्रोलिंगीको दवाव पछि केन्द्रका निर्देशक सिंहले मंसिर र पुष थप दुई महिना सेवालाई निरन्तरता दिने र यसका लागि सम्वन्धित निकायमा पहल गर्ने प्रतिवद्धता पत्रमा पनि हस्ताक्षर गरे । एचआइभी एड्सको संक्रमण हुन नदिन कण्डम लुव्रिकेण्ट वितरण गर्ने, संक्रमितको स्वास्थ्य उपचार, हेरचाह लगायतका काम गर्ने समलिंगी तेस्रोलिंगीलाई केन्द्रले अघिल्लो बर्ष पनि समयमा रकम निकासा गरेको थिएन ।

केन्द्रका बरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु काफ्लेले नयाँ करार नभएसम्म समलिंगी तेस्रोलिंगीले दिदै आएको सेवा निरन्तर हुने वताए । नयाँ करार प्रक्रिया शुरु हुन भएको ढिलाईले समलिंगी तेस्रोलिंगीलाई अन्यौल भएको बताउँदै काफ्लेले सके कार्तिक मसान्तसम्म र नसके पुष मसान्तसम्म नयाँ करार हुने जानकारी दिए । उनले प्रक्रिया लामो हुने भएका कारण पुष मसान्तसम्म सेवालाई निरन्तरता दिने लिखित प्रतिवता जनाएका बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.