कण्डम लगाऔ एड्स भगाऔ

कण्डम लगाऔ एड्स भगाऔ

काठमाडौं (पहिचान) कार्तिक १ – २० औ कण्डम दिवसमा अवसरमा नील हिरा समाजको शाखा कार्यालय परिचय समाजले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा प्रविण लामाको समूह पहिलो भएको छ । प्रतियोगितामा सन्तोष गुरुङको समूह दोश्रो र नवराज कार्कीको समूह तेस्रो भएको छ । कण्डम दिवसको अवसरमा समाजले गरेको कण्डमको प्रयोग गर्ने प्रतियोगितामा बुद्ध लामा पहिलो भए । यस्तै राज कुमारी लामा दोश्रो र नवराज कार्की तेस्रो भए । यस्तै परिचय समाजले कण्डमको महत्वबारे गरेको वक्तृत्वकला प्रतियोगितामा नवराज कार्की पहिलो, राजु लम्साल दोश्रो, अनिल पोखरेल तेस्रो भए ।

यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्नु पर्ने चेतना जगाउँदै आएका यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीबीच प्रतियोगिता आयोजना गरिएको परिचय समाजका कार्यक्रम अधिकृत मनोरञ्जन कुमार बैद्यले वताए । सुरक्षित यौन सम्पर्क गर्दा एचआइभी एड्सको संक्रमणबाट बच्न सकिने सन्देश दिदै आएको समलिंगी तेस्रोलिंगीबीच प्रतियोगिता गरेर परिचय समाजले राम्रो काम गरेको प्रेरणा शाहले वताए ।34

राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले दुई महिनाको सम्झौता गरेको र थप दुई महिना पनि कार्यक्रम गर्न प्रतिवद्धता जनाएकोमा सहभागी समलिंगी तेस्रोलिंगीले खुशी व्यक्त गरे । एचआइभी संक्रमण हुन नदिन कण्डमको सुरक्षित प्रयोग गर्नु पर्ने दिवसका अवसरमा भएको कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगीले वताए ।

यसैबीच धनगढीमा पनि २० औं राष्ट्रिय कण्डम दिवस मनाइएको छ । यस वर्ष पनि विभिन्न संघ संस्था मिलेर कण्डम दिवस मनाइएको हो । २० औं राष्ट्रिय कण्डम दिवसको आवसरमा धनगढीको त्रिनगर भन्सारमा असोज २५ देखि ३१ गते सम्म स्टल राखिएको थियो ।

भारतबाट फर्केर आएका नेपाली र नेपालबाट भारत भित्रिने नेपालीलाई कण्डम, लुव दिएर कण्डमको सहि नियमित प्रयोग गर्ने साथै दोहोरो सुरक्षाको लागि कण्डममा पहु“च पुर्याऔं भन्ने नाराका साथ धनगढीमा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु परिवार नियोजन, सुदूरपश्चिम समाज लगायतका संस्थाले २० औं राष्ट्रिय कण्डम दिवसको आयोजन गरेर कण्डम दिवस मनाइएको हो । यस्तै हेटौडामा नाटक प्रदर्शन गरेर तथा जनकपुरमा र्याली, सभा आयोजना गरेर कण्डम दिवस मनाइएको खवर छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.