समलिंगी तेस्रोलिंगीको उपचार सेवा सहज बनाउन चिकित्सकलाई तालिम दिनु पर्ने

समलिंगी तेस्रोलिंगीको उपचार सेवा सहज बनाउन चिकित्सकलाई तालिम दिनु पर्ने

काठमाडौं (पहिचान) कार्तिक ४ -समलिंगी तेस्रोलिंगीको उपचार सेवा सहज बनाउन चिकित्सकलाई तालिम दिनुपर्ने अस्पताल र स्वास्थ्य संस्थाका चिकित्सकले वताएका छन् । नील हिरा समाजको दिवा परियोजनाले आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागीमा चिकित्सकले समलिंगी तेस्रोलिंगीको उपचार सेवा सहज बनाउन तालिम दिनु पर्ने वताए । वीर अस्पतालका डाक्टर सुशील शाक्यले सामाजिक एवं पारिवारिक संरचनाका अनुसार समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान लुकाउने गर्दा सहज उपचार पाउन कठिन भएको वताए ।

डाक्टर शाक्यले नीतिमा विभेद नगर्ने भने पनि व्यवहारमा विभेद भइरहेको वताए । समलिंगी तेस्रोलिंगी हुनु प्राकृतिक हो भन्दै उनले कतिपय चिकित्सकले रमाइलोका लागि पटक पटक सोध्दा समलिंगी तेस्रोलिंगीले पहिचान नखुलाउने गरेको धारणा राखे । डाक्टर शाक्यले बल पूर्वक आउनेले सेवा पाउने अवस्था कायम रहनु दुखद भएको बताए । उनले समलिंगी तेस्रोलिंगीलाई उपचार सेवा सहज बनाउन चिकित्सकलाई अनिवार्य तालिम दिनुपर्ने माग गरे ।IMG_2146

उनले आफूहरुले विभेद नहुने गरी उपचार सेवा प्रदान गरिरहेको वताए । ललितपुर उपमहानगरपालिकाकी जनस्वास्थ्य अधिकृत करुणा बज्राचार्यले समलिंगी तेस्रोलिंगीको उपचार सेवा सहज बनाउन नील हिरा समाजलेनै तालिम दिनु पर्ने या स्वयंसेवक खटाउनु पर्ने वताइन । यो बिषयमा त्यति जानकारी थिएन बज्राचार्यले भनिन्, स्वयंमसेवक परिचालन गरेर हामीलाई जानकारी गराउनु पर्यो । वीर अस्पतालकी पूर्णिमा डंगोलले समाजमा रहेको नकारात्मक भ्रम अन्त्य हुनु पर्ने र चिकित्सकले पनि सहज रुपमा उपचार सेवा प्रदान गर्नुपर्ने वताइन ।

परिचय समाजका कार्यक्रम अधिकृत मनोरञ्जन कुमार बैद्यले स्वास्थ्य नीतिमा रहेको विभेद नहुने व्यवस्था कार्यान्वयन गर्नुपर्ने वताए । नील हिरा समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता प्रेम वहादुर थापाले सर्वोच्च अदालतले २०६४ साल पुष ६ गते समलिंगी तेस्रोलिंगीका बिषयमा गरेको फैसला सबैले कार्यान्वयन गरे धेरै विभेद अन्त्य हुने वताए ।

नेपाल रेडक्रस सोसाइटीकी लैगिंक तथा समावेशी विभागकी प्रमूख तारा भट्टराईले समलिंगी तेस्रोलिंगीको विषयमा रेडक्रसकर्मीलाई तालिम दिन शुरु गरेको जानकारी दिइन । पहिला त यो बिषयमा सबैलाई बुझाउनु पर्छ भट्टराईले भनिन्, बुझेपछि यो समूदायलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading