छक्का निषेधित क्षेत्र घोषणा गर्न अनुमति दिने प्रजिअलाई कारवाही गर्न माग

छक्का निषेधित क्षेत्र घोषणा गर्न अनुमति दिने प्रजिअलाई कारवाही गर्न माग

कास्की (पहिचान) कात्तिक ३० – सरकारी अधिकारीहरुको गैर जिम्मेवारीका कारण समलिंगी तेस्रोलिंगी समुदायका बिरोधिलाई प्रशय मिलेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नौलो बिहानी र परिवर्तन समाज पोखराले पोखरामा गरेको पत्रकार सम्मेलनमा सहभागीले पोखराको पराजुली मार्गलाई छक्का निषेधित क्षेत्र घोषणा गर्न सुजन बाबु पौडेललाई अनुमति दिनु जिल्ला प्रशासन कार्यालय पोखराको गैर जिम्मेवारीको पराकाष्ट भएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा छक्का निषेधित क्षेत्र ? शिर्षकमा कान्तिपुर दैनिकमा लेख लेख्ने साबित्री गौतमले नारी पुरुष सरह समलिंगी तेस्रोलिंगीलाई पनि समान अधिकार पाउने हक रहेको बताईन् । उनले पौडेललाई यौनिक तथा लैगिक अल्पसंख्यकको मौलिक हक हनन् गर्ने अधिकार जिल्ला प्रशासन कार्यालय कास्कीलाई कसले दियो ? प्रश्न गरिन् ।
छक्का निषेधित क्षेत्र घोषणा गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका पौडेलको अनुमति पत्रमा हस्ताक्षर गर्ने जिल्ला प्रशासन कार्यालयले नपढी सिफारिस गरेको भन्ने जवाफ प्रति गौतमले कटाक्ष गरिन्, “जिल्ला प्रशासन कार्यालयमा भोली आगो लगाईदैछ भन्ने लेटर लिएर कोही आयो भने के त्यसमा जिल्ला प्रशासन कार्यालयले अनुमति दिन्छ ।”
कार्यक्रममा नील हिरा समाजकी मानबअधिकार बिभाग प्रमुख भुमिका श्रेष्ठले पौडेलले जिल्ला प्रशासन कार्यालयमा गएर माफी मागे पनि अझै उनले आफ्नो फेस बुक अकाउण्टबाट समलिंगी तेस्रोलिंगीका अधिकार हनन् हुने गरि अनर्गल प्रचारबाजी गर्न नछोडेको भन्दै यसप्रति प्रशासनले चासो देखाएर तत्काल एक्सन लिनु पर्ने बताइन् ।
पौडेलले भने जस्तो आँफुहरु अप्राकृतिक नभएको भन्दै समलिंगी तेस्रोलिंगी हुने कसैलाई रहर नभएको श्रेष्ठले बताइन । श्रेष्ठले भनिन्् “घरबाट निष्काएपछि घर नपुगुञ्जेल सम्म हामीले भोग्नु पर्ने र सहनु पर्ने मानसिक तनाव कति छ त्यो हामीलाई मात्र थाहा छ, कसैले कसैलाई छुदैमा कोही तेस्रोलिगी समलिंगी हुदैन । यो कुरा किन कोही बुझ्दैन ।”
तेस्रोलिगी विन्ध्या गौतमले समलिंगी तेस्रोलिंगीलाई समान ब्यबाहार गर्ने र त्यसका लागि प्रतिबद्धता सरकारी अधिकारी तथा सरोकारवाला पक्षले जनाए पनि त्यसलाई ब्यबहारमा भने उतार्न कन्जुस्याई गरेको गुनासो गरिन् । सुजनबाबु पौडेलले आफुहरुसंग भेट हुदा राम्रै कुरा गर्ने र आफु पनि यौनिक तथा लैगिक अल्पसंख्यक भित्रैको ब्यक्ति भएको बताउने गरेको जानकारी दिदै गौतमले सामाजिक सञ्जालमार्फन भने गालि बेइजत गर्न नछाडेको बताईन् । उनले जिल्ला प्रशासन कार्यालयले तत्काल आफुहरुको मुद्धामा तदारुकता देखाएर पौडेललाई कारबाही गर्नु पर्नेमा जोड दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading