सार्क सम्मेलनमा सबै नागरिकलाई समान पहिचान र अधिकारको बिषय उठान हुनुपर्ने समलिंगी तेस्रोलिंगीको माग

सार्क सम्मेलनमा सबै नागरिकलाई समान पहिचान र अधिकारको बिषय उठान हुनुपर्ने समलिंगी तेस्रोलिंगीको माग

काठमाडौं (पहिचान) मंसिर ५ – दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कको १८ औ शिखर सम्मेलनमा मानव मानवबीच विभेद हुने कानुनी व्यवस्था खारेज गर्ने बिषय उठान हुनुपर्ने समलिंगी तेस्रोलिंगीले माग गरेका छन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई नागरिक नमान्ने व्यवस्था खारेज गर्ने बिषय जोड तोडले उठान हुनु पर्ने उनीहरुको माग छ ।

समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले सार्कमा सबै नागरिकलाई समान पहिचान र अधिकार हुनु पर्ने माग गरे । पन्तले समलिंगी तेस्रोलिंगीलाई नागरिक नमान्ने, विभेद गर्ने र अपराधिक बनाउने काम बन्द हुनुपर्ने बताए । नेपालका समलिंगी तेस्रोलिंगीले सार्कमा आफूहरुको बिषय उठान गर्न दवाव समेत दिने भएका छन् ।

सार्क सम्मेलन शुरु हुनुअघि मंसिर ६ गतेदेखि ८ गते सम्म हुने जनसार्क मार्फत आफूहरुको बिषय उठान गर्न दवाव दिने समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले जनाएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ मा भएको हो । समलिंगी तेस्रोलिंगीहरुले सडक पेटीमा बसेर आफ्ना अधिकार लेखिएका प्लेकार्ड देखाउन पाउनु पर्ने माग पनि गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading