सार्कमा समलिंगी विवाहले कानुनी मान्यता पाउनु पर्ने बिषय उठान हुनु पर्ने ठहर

सार्कमा समलिंगी विवाहले कानुनी मान्यता पाउनु पर्ने बिषय उठान हुनु पर्ने ठहर

ललितपुर (पहिचान) मंसिर ८ – दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कमा समलिंगी विवाहले कानुनी मान्यता पाउनु पर्ने बिषय उठान हुनु पर्ने जनसार्कले ठहर गरेको छ । तीन दिनसम्म ललितपुरमा भएको जनसार्कले अरु बिषयसँगै समलिंगी विवाहले कानुनी मान्यता पाउनु पर्ने बिषय उठान हुनुपर्ने ठहर गरेको हो ।

जनसार्कले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायको पहिचान हुनुपर्ने, समलिंगी तेस्रोलिंगी माथि विभेद हुने कानुन खारेज हुनुपर्ने बिषयले मंसिर १० गते शुरु हुने सार्क शिखर सम्मेलनमा प्राथमिकता पाउनु पर्ने निष्कर्ष निकालेको नील हिरा समाजको सहारा परियोजनाकी राष्ट्रिय संयोजक दुर्गा थापाले जानकारी दिइन । जनसार्कले हरेक निकायमा समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व हुनु पर्ने सार्क घोषणा पत्रमा लेखिनु पर्ने माग समेत गरेको थापाले जानकारी दिइन ।

तीन दिनसम्म भएको जनसार्कमा नील हिरा समाजकी कायममुकायम निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियान यहाँसम्म आउन समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तको भूमिका भुल्न नसकिने बताइन । ढकालले अधिकार प्राप्तीको अभियान सफलताको बाटोमा लाग्दै गर्दा सरकारले संसदमा पेश गरेका देवानी र फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्थाका कारण आफ्नो समूदायलाई अपराधिकरण गर्ने त होइन भनेर प्रश्न समेत गरिन ।1404964_805041679542191_6155496302831390047_o

उनले समलिंगी तेस्रोलिंगी माथि विभेद हुने व्यवस्था संसोधन गरेर मात्रै देवानी र फौजदारी संहिता पारित हुनु पर्ने माग पनि गरिन । जनसार्कमा सहभागी भारत, श्रीलंका, बंगलादेश लगायत देशका प्रतिनिधिले तेस्रोलिंगीलाई सहज भएपनि समलिंगीलाई नेपालको भन्दा अझ धेरै असहज रहेको वताए । अरु देशको तुलनामा नेपालमा समलिंगी तेस्रोलिंगीको अवस्था केही सहज भएपनि कार्यान्वयन तहमा भने नेपालमा ढिलासुस्ती हुने गरेको सहारा परियोजनाकी राष्ट्रिय संयोजक दुर्गा थापाले वताइन ।

जनसार्कमा भएका र्याली, सामूहिक छलफल र आएका निष्कर्ष मंसिर १० गतेदेखि शुरु हुने सार्क शिखर सम्मेलनमा उठ्नु पर्ने र सार्कले जारी गर्ने घोषणा पत्रमा समावेश गरिनुपर्ने माग यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको बिद्यार्थी मंचका अध्यक्ष भक्ती शाहले गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading