समलिंगी तेस्रोलिंगीको अधिकार हनन गर्ने काम तत्काल रोक्न माग

समलिंगी तेस्रोलिंगीको अधिकार हनन गर्ने काम तत्काल रोक्न माग

नेपालगंज (पहिचान) मंसिर १२ – नील हिरा समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता प्रेमवहादुर थापाले मानवअधिकार सम्वन्धी दस्तावेजहरुमा हस्ताक्षर गर्नेमा नेपाल दक्षिण एसियामै पहिलो रहेपनि कार्यान्वयन पक्ष फितलो रहेको वताएका छन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायलाई विभेद गर्न नहुने मानवअधिकार सम्वन्धी दस्तावेजमा जाकर्ता सिद्धान्त समेत सरकारले अनुसरण गर्नु पर्नेमा अहिले सम्म त्यो व्यवहारमा नदेखिएको वताए । कानुनको नजरमा सबै समान हुने भन्दै थापाले समलिंगी तेस्रोलिंगीको जवरजस्ती स्वतन्त्रताको अधिकार हनन गर्ने काम तत्काल रोक्न समेत माग गरे ।

नील हिरा समाजको सहयोगमा पश्चिम तारा नेपालले नेपालगंजमा गरेको दुई दिने मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण र संचारमाध्यमले गर्न सक्ने सहयोगका बिषयमा भएको प्रशिक्षणमा अधिवक्ता थापाले समलिंगी तेस्रोलिंगीको महिला र पुरुष सरह समान अधिकार रहेको भन्दै लैगिंक पहिचान फरक भएकै कारण शारिरीक एवं मानसिक यातना दिन नहुने वताए । मानवअधिकारको विश्वव्यापी सिद्धान्तमा हस्ताक्षर गर्ने तर व्यवहारमा नउतार्नु राज्यको कमजोरी रहेको थापाको भनाई छ । उनले बाच्न पाउने अधिकार कुठाराघात गर्ने अधिकार राज्यलाई नभएको वताए ।

IMG_20141127_134700248
जवरजस्ती विना कारण पक्राउ गरेर समलिंगी तेस्रोलिंगीलाई यातना दिने काम भइरहेको वताउँदै थापाले आफ्नो अधिकार लिनका लागि लुकेर बस्न नहुने सुझाव दिए । थापाले आफू माथि हुने मानवअधिकार हननका घटनाको अभिलेखिकरण गर्न र सरोकारवाला निकायमा उजुरी गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माधव दुलालले समलिंगी तेस्रोलिंगी माथि हुने विभेदका घटना बाहिर ल्याउने काममा कुनै कमी नहुने वताए । पीडितले न्याय पाउनु पर्ने र मानव मानवबीच हुने विभेद अन्त्य हुनुपर्ने दुलालले वताए ।

IMG_20141128_123722326
समलिंगी तेस्रोलिंगीले आफू माथि भएका अन्याय, अत्याचारलाई लुकाएर राख्न नहुने बताउँदै दुलालले संचारमाध्यममा खुलस्त आफ्ना कुरा राख्न सुझाव दिए । प्रशिक्षण कार्यक्रममा तेस्रोलिंगी रुहिला हसनले इस्लाम धर्मले आफ्नो समूदाय माथि विभेद गर्ने भएकाले आफू हिन्दू धर्म मान्न थालेको वताइन । इस्लाम धर्ममा समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा हेरिन्छ हसनले भनिन, यो समूदायका व्यक्तिको मृत्यु हुँदा समेत वास्ता गरिदैन । म त खुलेर भन्छु, इस्लाम धर्मले समलिंगी तेस्रोलिंगीलाई विभेद गरेको छ, हसनले भनिन्, लुकेर होइन खुलेर अधिकार प्राप्तीको अभियानमा आउन सबैलाई आग्रह गर्छु । नेपाल पत्रकार महासंघ बाँकेका सदस्य आलम खानले इस्लाम धर्ममा विभेद गर्ने व्यवस्था नरहेको दावी गरे ।

उनले कुरानमा कुनै पनि व्यक्तिलाई विभेद गर्ने कुरा नलेखिए पनि कुरान बाचन गर्ने धर्म गुरुले नजानेर समलिंगी तेस्रोलिंगी माथि विभेद गरेको हुन सक्ने वताए । सदस्य खानले यस बिषयमा धर्म गुरुसँग प्रश्न गर्ने वताए । पश्चिम तारा नेपालकी कार्यक्रम संयोजक परिना चौधरीले आफ्नो समूदायलाई हेर्ने दृष्टिकोण पहिले भन्दा अहिले सकारात्मक बन्दै गएको वताइन । चौधरीले समलिंगी तेस्रोलिंगीलाई नेपालगंजमा रहेका सरकारी निकाय, राजनीतिक दल, मानवअधिकारवादी संघसंस्था, संचारमाध्यम, नागरिक समाज लगायत सबैको सहयोगका कारण हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको वताइन । यसैबीच समलिंगी तेस्रोलिंगीहरुले केहीदिनअघि सार्वजनिक भएको बिइङ एलजिविटी इन एसिया नेपाल देशिय प्रतिवेदनमा उल्लेख निचोडविहिन भन्ने शब्दको बिरोध गरेका छन् ।

IMG_20141128_095422878
सन् २०१२ र २०१३ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंले नील हिरा समाजलाई लगाएका आरोप गलत भएको प्रमाणित गरेर संस्थाको नविकरण गरेपनि प्रतिवेदन निचोडविहिन भएको र समाजको नविकरण गरेको लेखिएको समलिंगी तेस्रोलिंगीले बिरोध गरेका हुन् । अध्ययनकर्ताहरुमा नील हिरा समाजबारे सामान्य ज्ञान नभएको देखियो समलिंगी तेस्रोलिंगीले भने पूर्वाग्रह राखेर प्रतिवेदन तयार गर्नु राम्रो होइन ।

उनीहरुले प्रमाणित हुन नसकेका आरोपलाई निचोडविहिन भनेर लेखिएकाले प्रतिवेदन सच्याउन माग समेत गरेका छन् । संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपि, युएसएडले केहीदिन अघि सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भएका गलत बिषय सच्याउन समलिंगी तेस्रोलिंगीहरुले माग गरेका हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading