एचआइभी संक्रमितका लागि आएको सहयोग दुरुपयोग हुन नदिने प्रतिवद्धता

एचआइभी संक्रमितका लागि आएको सहयोग दुरुपयोग हुन नदिने प्रतिवद्धता

काठमाडौं (पहिचान) मंसिर १५ – सरकारले एचआइभी संक्रमितका लागि आएको अनुदान सहयोग दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । दातृ निकायबाट एचआइभी संक्रमितका लागि आउने अनुदान सहयोग दुरुपयोग भइरहेको भन्दै स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफू दुरुपयोग हुन नदिने अभियानमा लागेको दावी गरे । विश्व एड्स दिवसका अवसरमा भएको कार्यक्रममा स्वास्थ्यमन्त्री अधिकारीले एचआइभी संक्रमितका लागि आएको अनुदान सहयोगमा भूतपूर्व स्वास्थ्यमन्त्रीहरुले अहिले पनि गाडि प्रयोग गरिरहेको वताए ।

संक्रमितका लागि आएको अनुदान सहयोगमा गाडि चढ्नु भूतपूर्व मन्त्रीहरुको लापरवाही भएको मन्त्री अधिकारीको भनाई छ । उनले सन् २०३० सम्म एचआइभी संक्रमण शुन्यमा झार्न सबै समूदायसँगै सरकार हातेमालो गरेर अघि बढ्ने वताए । स्वास्थ्यमन्त्री अधिकारीले ५० प्रतिशत एचआइभी संक्रमितको पहिचान भइसकेको बताउँदै सन् २०३० सम्म एचआइभी शन्यमा झार्ने काममा सहयोग गर्न सबैलाई आग्रह गरे । स्वास्थ्य सेवा विभाग र राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले ४० हजार ७ सय २३ जना एचआइभी संक्रमित रहेको पाइएको जानकारी दिए ।

केन्द्रका निर्देशक डाक्टर दिपेन्द्रमान सिंहले समलिंगी तेस्रोलिंगीलाई एचआइभी संक्रमणको दर उच्च रहेको वताए । लागू औषध दुरव्यसनी पछि समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमणको दर उच्च रहेको सिंहको भनाई छ । नेपाली काँग्रेसका सभासद् नविन्द्रराज जोशीले मान्छे जन्मेपछि पाउने मानवअधिकारको सरकारले संरक्षण गर्नुपर्ने वताए । उनले समलिंगी तेस्रोलिंगी प्राकृतिक भएको वताउँदै सरकारले संसदमा पेश गरेको देवानी र फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था संसोधनका लागि समलिंगी तेस्रोलिंगी समूदायसँग छलफल गर्ने वताए ।

नील हिरा समाजकी कायम मुकायम निर्देशक मनिषा ढकालले एचआइभी संक्रमण शुन्यमा झार्नका लागि आफ्नो समूदायमा कार्यक्रम केन्द्रीत हुनु पर्ने वताइन । समलिंगी तेस्रोलिंगी समूदायमा एचआइभी संक्रमणको दर उच्च रहेको छ ढकालले भनिन्, सन् २०३० सम्म संक्रमणको दर शुन्यमा झार्न यो समूदायमा कार्यक्रम केन्द्रीत गर्नु पर्छ । उनले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी प्राकृतिक भएको वताउँदै देवानी र फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था संसोधन गर्न सरकारलाई आग्रह गरिन् ।IMG_4846

सन् १९८८ मा नेपाल भित्रिएको एचआइभी २०७१ असार मसान्तसम्म २५ हजार २ सय २३ जनामा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । समलिंगी पुरुष, पुरुष र महिला महिलाबीच हुने एचआइभी संक्रमण कम गर्ने काममा लागिरहेको स्वास्थ्य मन्त्रालयले वताएको छ । विश्व एड्स दिवसका अवसरमा काठमाडौंको बसन्तपुरमा भएको कार्यक्रममा नील हिरा समाजका तर्फबाट समलिंगी तेस्रोलिंगीले नाँच प्रस्तुत गरेका थिए । एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हने मृत्युलाई शुन्यमा पुर्याऔ भन्ने नाराका साथ समलिंगी तेस्रोलिंगीको मातृसंस्था नील हिरा समाजका देशभर रहेका कार्यलयले सरोकारवा निकायको साझेदारीमा विभिन्न कार्यक्रम गरेका छन् ।

२७ औ विश्व एड्स दिवस भैरहवामा पनि विविध कार्यक्रम गरेर मानाईएको छ । कार्यक्रममा नील हिरा समाज पश्चिमाञ्चल क्षेत्रिय कार्यालयकी कार्यक्रम संयोजक मनिला न्यौपानेले अरु महिला पुरुष भन्दा यौनिक तथा लैंगीक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदाय एच.आई.भी.को जोखिममा भएको वताएकी भैरहवाबाट पहिचान सहकर्मी विनोद विकले जानकारी दिए । दिवसका अवसरमा निशुल्क कण्डम वितरण र एचआइभी परिक्षण समेत भएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.